अनसनस्थलबाट डा. केसीलाई हटाउन सुरक्षाकर्मी परिचालन, केसी समर्थनमा डडेल्धुुरामा विरोध जारी



Download our app to get more features

डडेल्धुरा, २५ कात्तिक । ८ दिनदेखि डडेल्धुरामा अनसनरत डाक्टर गोविन्द केसीलाई अनशनस्थलबाट स्थानान्तरण गराउन व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।

डडेल्धुरा अस्पतालले विज्ञप्ती जारी गर्दै डाक्टर केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको जानकारी दिएपछि उनलाई अनसनस्थल छोड्न दवाव दिँदै सुरक्षाकर्मी परिचालन गरिएको हो । 

आज बिहानैदेखि अस्पतालमा पुगेर केसीलाई अनशन छोडाउन र काठमाडौं लैजानका लागि सुरक्षाकर्मीले दवाव दिएपनि डाक्टर केसीले भने डडेल्धुरा नछोड्ने अडान लिएका छन् । 

केसीका समर्थकले पनि उनलाई स्थानान्तरण नगर्न आग्रह गर्दै आएका छन् । अहिले डडेल्धुरा बजार क्षेत्रमा पनि प्रदर्शन भईरहेको छ । डाक्टर केसीको समर्थनमा बजार क्षेत्रमा प्रदर्शन भईरहेको छ भने बजार पनि बन्द गरिएको छ । स्थानीयले टायर बालेर प्रदर्शन गरिरहेका छन् । 

चिकित्सकका अनुसार केसीको स्वास्थ्य अवस्था नाजुक हुँदै गएको छ । डडेलधुरा अस्पतालले केसीको स्वास्थ्य अवस्था निकै गम्भीर रहेको भनी सुरक्षित स्थानमा पठाउन आग्रह गरिसकेको छ ।

Last modified on 2019-11-14 15:17:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts