स्वास्थ्यमा देखिएको समस्यालाई तिनै तहको सरकारले मिलेर सम्बोधन गर्नेः मन्त्री बराल



Download our app to get more features

रुपन्देही, २५ कात्तिक । प्रदेश ५ का सामाजीक विकासमन्त्री सुदर्शन बरालले प्रदेश र स्थानीय तहमा देखिएको स्वास्थ्य समस्या समाधान गर्न तीनै सरकारले मिलेर सम्बोधन गर्ने बताएका छन् । 

आर्थिक वर्ष २०७५–७६ को स्वास्थ्य कार्यक्रमको प्रदेश स्तरीय वार्षिक समिक्षा गोष्ठी बुटबलमा आइतबार उद्घाटन गर्दै उनले प्रदेशमा देखिएका समस्या आफंै समाधान गर्न तर्फ लाग्ने र नसके अरुको सहयोग लिने बताए ।

उनले साना तिना काम व्यवस्थापन गर्ने नसक्दा स्वास्थ्यमा देखिने रिजल्ट नआएको बताए । मन्त्री बरालले स्वास्थ्य क्षेत्रमा कार्यरत चिकित्सकदेखि स्वास्थ्यकर्मीहरु अनिर्वाय रुपमा तोकिएको समयसम्म बस्नु पर्ने भन्दै बिरामी भेटन अस्पताल जाँदा कर्मचारी र बिरामी को हो छुटाउन समेत समस्या भएकोले अनिर्वाय रुपमा समय र आफ्नो युनिर्फमा हुनु पर्ने उल्लेख गर्नुभयो ।

मन्त्री बरालले स्वास्थ्यकर्मीमाथि आक्रमण भैरहेकोले सुरक्षा प्रति मन्त्रालय गम्भीर रहेको बताए । 

प्रदेश सरकार सामाजीक विकास मन्त्रालय कर्मचारीको क्षमता बृद्धि नयाँ नयाँ तालिम प्रोत्साहन लगायतका विषयमा गम्भीर तरिकाले लागीरहेको भन्दै मन्त्री बरालले प्रदेश भित्र रहेका सबै जिल्ला अस्पतालमा आईसियु सुरु गर्ने बताए ।

सामाजीक विकास मन्त्रालयका सचिव डा गोपिकृष्ण खनालले स्वास्थ्यक्षेत्र सुधार कसरी गर्ने भन्नेबारे गुरु योजना बनाएर  काम अघिबढाउन सुरु गरेको बताए ।

सचिव खनालले छात्राबृत्ति करारमा आएका चिकित्सकदेखि अन्य कर्मचारीलाई खाली ठाउमा पठाउने र उनीहरुलाई समन्धीत संस्थाले कामगर्ने वातावरण मिलाई दिनु पर्ने बताए । अस्पताल संवबेदनशिल क्षेत्र भएकोले सरसफाई को क्षेत्रमा बढी ध्यानदिनु पर्ने उनको भनाइ थियो ।

कार्यक्रममा  सामाजीक बिकास समितिका अध्यक्ष  दिर्घनारायण पान्डे,प्रदेश योजना आयोगका सदस्य पुष्पा भुसाल लगायतले बोल्दै  गुष्णस्तरीय स्वास्थ्य सेवाको लागी सबैको पहल आबश्यक रहेको बताए । आइतबारबाट सुरु भएको गोष्ठी भोलीसम्म चल्ने छ । 

Last modified on 2019-11-14 15:17:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts