तेश्राेपटक पनि घिमिरे बने स्वास्थ्यकर्मी संघको अध्यक्ष, यस्ताे छ नयाँ कार्यसमिति



Download our app to get more features

काठमाडौं, २४ कात्तिक । नेपाल स्वास्थ्यकर्मी संघमा रामजी घिमिरेको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ । 

आइतबार भएको संघको निर्वाचनबाट अध्यक्षमा रामजी घिमिरे तेस्रो पटक निर्वाचित भएका हुन् । उनले ३ सय ३१ मत प्राप्त गरे भने उनका प्रतिद्वन्दी ओमप्रसाद उपाध्यायले २ सय १७ मत प्राप्त गरेका थिए ।

यस्तै महासचिवमा दीपक भट्ट ३ सय १९ मत ल्याएर विजयी भएका छन् । महासचिवमा भट्ट र शंकर कँडेलबीच प्रतिस्पर्धामा भएको थियो । कँडेलले २ सय २० मत प्राप्त गरेका थिए ।  

स्तै वरिष्ठ उपाध्यक्षमा रामचन्द्र साह, महिला उपाध्यक्षमा रमिला चौलागाई, सरकारी पदबाट उपाध्यक्षमा किरण वली, निजी तर्फ शाहिला गिरी, उपमहासचिवमा खुल्ला तर्फ शारदा कुमारी अर्याल निर्वाचित भएका छन् । 

यसैगरी कोषाध्यक्षमा सुरेश पासवान विजयी भएका छन् भने सदस्य तर्फ क्रमशः गोकुल पराजुली, कृष्णहरि पौडेल, विष्णु लामिछाने, टिकाराम पनेरु, शिव राना र पुष्पराज पन्त विजयी भएका छन् ।

१८ हजार भन्दा बढी स्वास्थ्यकर्मी संघमा आवद्ध भएपनि निर्वाचनमा ७ सय ७१ मतदाताले मतदान गरेकोमा ५ सय ७२ मत खसेको थियो । बिहान ८ बजेबाट सुरु भएको मतदान १२ बजे सकिएको थियो । मतगणना भने २ बजेपछि सुरु भएको थियो ।

Last modified on 2019-11-14 15:16:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts