सातौं दिनको अनसनमा आइपुग्दा डा.केसीको अवस्था नाजुक, अन्तै रेफर गर्न अस्पतालको सुझाव



Download our app to get more features

डडेल्धुरा, २४ कात्तिक । १७ औं अनसनमा रहेका प्रा. डा. गोविन्द केसीको स्वास्थ्य अवस्था निकै चिन्ताजनक बनेको छ ।

सातौं दिनको अनसन जारी रहँदा उनको शरीरमा पानीको कमी, रक्तचाप कम हुँदैन गएको, रगतमा अक्सिजनको मात्रा कम हुँदै गएको, मिर्गौलामा समेत समस्या देखिएको र शरीर पनि निकै कमजोर हुन थालेको अस्पताल स्रोतले जनाएको छ । 

डडेल्धुरा अस्पतालमा आईसीयू, दक्ष जनशक्ति र एबीसी सेवा नभएकाले उनलाई तत्काल त्यहाँबाट रेफर गर्नुपर्ने अस्पतालले जनाएको छ । 

डडेल्धुरा अत्यन्तै चिसो ठाउँ भएको र डा. केसीको उमेरपनि बढ्दै गएकोले समस्या झन् बल्झन अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यता केन्द्र सरकारबाट भने डा.केसीको अनसनको विषयमा कुनै चासो देखाइएको छैन । उनको स्वास्थ्य अवस्थादेखि उनका मागका विषयमा पनि न त स्वास्थ्य मन्त्रालय न त शिक्षा मन्त्रालयले नै कुनै चासो देखाएको छ । 

Last modified on 2019-11-14 15:16:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts