डा.केसीको सत्याग्रह चौथो दिन पनि जारी, बिग्रिएको स्वास्थ्य अवस्था सुधार हुँदै



Download our app to get more features

डडेल्धुरा, २१ कात्तिक । चिकित्सा शिक्षा सुधारका अभियान्ता  प्रा डा. गोविन्द केसीले सोमबार देखि सुरु गरेको १७ औं चरणको सत्याग्रह चौथो दिन पनि जारी छ । 

डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा अस्पतालबाट एक सय मिटरको दुरिमा निर्मल क्लिनिक सञ्चालनमा रहेको घरको तेस्रो तलाको एउटा कोठामा उनि अनशन बसेका थिए । डा. केसीले पत्रकार सम्मेलन गरेर सोमबार अपराह्न ५ बजे देखि अनशन सुरु गरेका हुन । डडेल्धुराको अत्याधिक चिसोका बाबजुत पनि सात बुँदे माग अघिसार्दै उनको अनशन जारी छ ।

तेस्रो दिन स्वास्थ्यमा समस्याका कारण बोलचालबन्द गरेका डा. केसीको अवस्था चौथो दिन भने समान्य बनेको छ । न्युन रक्तचाँपका कारण उनलाई रिंगटा लाग्न थालेको साथै शरिर निकै कमजोर र सिथिल भएको थियो । चिसो कोठा तथा धेरै बोलचालका कारण उनको स्वास्थ्य अवस्था बिग्रिएको डडेल्धुरा अस्पतालका निमित्त मेसु डाक्टर जितेन्द्र कँडेलले बताए ।  उनका अनुसार डाक्टर केसीले अनशन बसेको गल्लिको न्युनतम तापक्रम सधै ९ देखि १२ डिग्री सेल्सियस रहने गरेको छ । डाक्टर गोविन्द केसी अनशन बसिरहेको क्षेत्रमा घाम नै लाग्दैन ।

बुधवार तनावग्रस्त बनेको डाक्टर केसीको स्वास्थ्य अवस्थामा बिहिबार भने केहि सुधार आएको अस्पतालका मेसु कँडेलले बताए । बुधबार ९०÷६० मा झरेको उनको रक्तचाप बिहिबार बिहान सामान्य बनेको उनले बताए । ‘आज धेरै चेकजाँच गर्दैनौ, पिसाबको नमुना मात्रै चेक गर्छौ’ उनले भने ‘उनको रक्तचाप र पल्स ठिकै भएकाले आज उनि राम्रोसँग बोलचाल गर्न सक्छन् ।’

Last modified on 2019-11-09 07:32:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts