फग मेशिनको प्रयोग गरेर प्रदेश ५ मा डेंगु र भुसुना नियन्त्रण गरिने



Download our app to get more features

रुपन्देही, २१ कात्तिक । प्रदेश ५ सरकारले फग मेशिनको प्रयोग गरेर डेंगु र भुसुना नियन्त्रण गर्ने भएको छ । 

डेंगु र भुसुना नियन्त्रणका लागि कोरियाको एक संस्थाले फग मेशिन सहयोग गरेको छ । डेंगु रोग नियन्त्रको लागि भन्दै कोरियाको कृपि फाण्डेशनले प्रदेश नं ५ सरकारलाई लामखुट्टे र भुसुनालाई नियन्त्रण गर्नको लागि फग मेशिन उपलब्ध गराएको छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्रालयमा आयोजित एक कार्यक्रममा फाण्डेशनका अध्यक्ष लि साङ हुनले प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीलाई उक्त मेशिन हस्तान्तरण गरे ।

फाउण्डेशनले ४५ लाख मूल्य बराबरका ३० थान मेशिन प्रदेश सरकारलाई उपलब्ध गराएको हो । प्रति मेशिनको मूल्य  एक लाख ५० हजार परेको कृपि फाउन्डेसनका  डाईरेक्टर सोम गुरुङले बताए। सो मेशिनबाट डेङ्गु नियन्त्रणमा आउने उनले बताए ।

फाउण्डेशनले डब्लुएचओबाट प्रमाणीकरण भएको  अल्फा साईपर  मिथाईन दस प्रतिशत ईसि नामक एक लाख मूल्य बराबरको औषधि पनि प्रदेश सरकारलाई उपलब्ध गराएको छ ।

गत बर्ष सो संस्थाले प्रदेश नं १का विराटनगर तथा  त्यस क्षेत्रका गाउँ गाउँमा  मेशिन र औषधि वितरण गरेको थियो ।यस वर्ष काठमाडौ महानगरपालिकाको स्वीकृतिमा सम्बन्धित संस्थाले औषधि छर्कने कार्य गरेको संस्थाका कोडिनेटर ज्ञानु गुरुङले बताए । फाउण्डेशनल रुपन्देहीको सिद्धार्थनगर नगरपालिका संग सहकार्य गरि  भैरहवा क्षेत्र तथा  त्यसका आसपास र सुनौलीमा पनि संस्थाले औषधि छर्कने बताए ।

मेसीन हस्तान्तण कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले प्राप्त भएको मेशिनमध्ये  ४ बटा बुटबल उपमहानगरपालिका  नेपालगञ्ज उपमहानगरपालिका तुल्सीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिका र अरु बाकी सुरक्षाक्याम्प लाई एक एक वटा प्रदान गरिने वताए ।मेशिन हस्तान्तरण गर्दै फाउण्डेशनका अध्यक्ष हुनले नेपालमा लामखुट्टे नियन्त्रण आफुहरुको लक्ष रहेको भन्दै यो मेशिनले फलदायी परिणाम ल्याउने विश्वास व्यक्त गरे ।

रुपन्देहीमा डेङ्गुबाट३ हजार भन्दा बढी प्रभाबित भएको र तीन जनाको मृत्यु भइसकेको  अस्पतालहरुले जनाएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कूल प्रसाद केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश नं ५ का प्रमुख सचिब तोयानाथ ज्ञवाली,आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिब शंकर प्रसाद खरेल आन्तरिक मामिला तथा कानून मन्त्रालयका  प्रबक्ता हरि प्रसाद पोखरेलले बोलेका थिए ।                                                                                               
 

Last modified on 2019-11-09 07:32:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts