लुम्बिनी सामुदायीक मुटु अस्पताल निर्माण गर्न देउसी भैलोबाट ५ करोड संकलन



Download our app to get more features

रुपन्देही, २० कात्तिक ।  बुटवल–१३ बेलबासमा निर्माण हुन लागेको लुम्बिनी सामुदायीक मुटु अस्पतालका लागि देउसी भैलोबाट ५ करोड रुपैयाँ संकलन भएको छ ।   लायन्स क्लब अफ बुटवल बेलबास सिटीले अस्पताल बनाउन लागेको हो । अस्पताल बनाउने क्लबले दिपावलीको अवसरमा देउसी भैलो खेलेर करोडौं रूपैयाँ संकलन गरेको छ ।

तिनाउ नदी पश्चिम क्षेत्रमा पनि मुटु अस्पतालको आवश्यकता महशुस भएपछि त्यसको अभियानमा आफूहरू जुटेको क्लबका अध्यक्ष लक्ष्मण खड्काले वताए । अस्पताल  बनाउन खेलिएको देउँसी भैलोबाट ५ करोड  १० लाख रुपैयाँ संकलन गरिएको उनले बताए।

अस्पताल बुटवल–१३ बेलबासमा बन्ने छ । बुटवलमा गौतमबुद्ध सामुदायिक मुटु अस्पताल पनि सञ्चालनमा छ । अस्पतालको सहआयोजक लायन्स क्लब अफ् बुटवल बेलबास सृजनशील रहेको छ । अस्पतालका लागि बुटवल उप–महानगरपालिकासँग जग्गा उपलब्ध गराउने अध्यक्ष खड्काले बताए । २५ शैयाको अस्पतालमा आइसियु र सिसियु सहित सुविधा हुनेछ । अस्पताल नेपाल सरकारले तोकेको मापदण्ड अनुसारको बन्नेछ ।

अस्पताल बनाउने आफूहरूले महाअभियान नैं सुरू गरिएको जनप्रतिनिधि तथा क्लबका सचिव वेदप्रसाद गैरेले बताए । क्लबका द्धितीय उपाध्यक्ष डिबी खत्रीले अस्पतालको कुल लगानी २० करोड रुपैयाँ हुने बताए ।

उनले १० करोड रुपैयाँ आफूहरुले संकलन गर्ने र हस्टिलका उपकरणहरु लायन्स क्लब अफ इन्टरनेशनलबाट ल्याउने सहमति भइसकेको बताए । लायन्स क्लब अफ इन्टरनेशनलले ६ करोड रुपैयाँका उपकरणहरु (इक्युपमेन्ट) दिनेछ ।

 देउसी भैलोमा बुटवल–१३ का डन्डपानी खनालले ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ दान दिएका छन । त्यस्तै अर्का कृष्ण लम्सालले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिए । हस्पिटल दुई बर्षभित्र  निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने हस्पिटल निर्माणका अभियान्ता डन्डपानी खनालले बताए । क्लबले १ हजार संस्थापक सदस्य बनाएर १० करोड रुपैयाँ संकलन अध्यक्ष खडकाले बताए।
 

Last modified on 2019-11-06 13:05:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts