नर्सिङ संघकी अध्यक्ष पोखरेल चिकित्सा शिक्षा आयोगको सदस्यमा नियुक्त



Download our app to get more features

काठमाडौं, १९ कात्तिक । सरकारले चिकित्सा शिक्षा आयोगको सदस्यमा नेपाल नर्सिङ संघकी अध्यक्ष पोखरेललाई नियुक्त गरेको छ ।

स्वास्थ्यसम्बन्धी राष्ट्रिय तहका आधिकारिक पेसागत संगठनका अध्यक्षमध्येबाट कम्तीमा एक महिलासहित अध्यक्षको मनोनयनमा आयोगको सदस्य रहने प्रावधान अनुसार पोखरेललाई सदस्यमा नियुक्त गरिएको हो ।

सदस्यमा नियुक्त भएपछि अध्यक्ष पोखरेलले चिकित्सा क्षेत्रमा नर्सिङको कुरालाई समावेश गराउन सहज हुने हाम्रो डक्टर न्यूजलाई प्रतिक्रिया दिएकी छन् । उनले चिकित्सा क्षेत्रमा नर्सिङ एउटा अभिन्न अङ्ग भएकाले आयोगको माध्यमबाट नर्सिङ क्षेत्रको शिक्षा सुधारका लागि कुरा राख्न सहज हुने बताइन् ।

अध्यक्ष पोखरेलले भनिन्, ‘नर्सिङ क्षेत्रमा रहेको बेथिति अन्त्यका लागि चिकित्सा शिक्षा आयोगबाट नै समाधानको पाटो खोज्न सजिलो हुन्छ ।’

नर्सिङ क्षेत्रको सुधारका लागि सरकारको तर्फबाट पनि खासै पहल र प्रयास नहुँदा पटक पटक नर्सिङ क्षेत्रका व्यक्तिलाई पनि आयोगमा समावेश गराउनुपर्ने संघले माग गर्दै आएको थियो ।

Last modified on 2019-11-06 08:47:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts