जनस्वास्थ्य अधिकृतको रिक्त दरबन्दी पदपूर्तिका लागी मन्त्रीलाई अनुरोध पत्र



Download our app to get more features

रुपन्देही, १८ कात्तिक । नेपाल जनस्वास्थ्य संघ प्रदेश ५ कार्यसमितिले रिक्त रहेको जनस्वास्थ्य अधिकृत सातौं तहको पदपूर्ति गर्न माग गरेका छन् । 

कार्यसमितिले सातौं तहकोे सम्पूर्ण सिटको विज्ञापनकालागि माग आकृती फारमभरि लोक सेवा आयोग केन्द्रिय कार्यालयमा पठाउनको लागी सामाजीक बिकास मन्त्री लाई अनुरोध पत्र बुझाएको छ। समितिले आज प्रदेश नं ५का सामाजीक बिकास मन्त्री शुदर्शन बराल र सचिब डा गोपीकृष्ण खनाललाई अनुरोध पत्र बुझाएको हो । 

नेपाल जनस्वास्थ्य संघले बुझाएको अनुरोध पत्रमा लोक सेवा आयोगको बार्षिक पदपूर्ति तालिका बमोजिम आउदो कात्तिक अन्तिम बुधवार स्वास्थ्य सेवाको प्राविधिक धार तर्फको बिषेश गरी हेल्थ इन्स्पेक्सन समुह, जनस्वास्थ्य अधिकृत, अधिकृत सातौ तहको ५ न. प्रदेश भर रिक्त रहेको सम्पूर्ण सिट लोक सेवा आयोग विज्ञापनका निमित्त माग आकृती फारम पठाउनका माग गरेको छ ।

नेपाल सरकार मन्त्रीपरिषदको  २०७५ ९र ९ को  स्वीकृत संगठन संरचना  बमोजीम प्रदेश नं ५ मा  जम्मा १८ जना  जनस्वास्थ्य अधिकृतको दरबन्दी रहेपनि हालसम्म १० जनाको दरबन्दि खाली रहेको नेपाल स्वास्थ्य संघ प्रदेश नं ५ का अध्यक्ष बिशाल सुबेदीले बताए । सुबेदीका अनुसार कुनै जिल्लामा  स्वास्थ्य कार्यलय प्रमुखको नै दरबन्दी खाली रहेको र निमित्तलाई जिम्मा दिएको बताए ।

अहिले  प्रदेश नं ५ को सामाजीक बिकास मन्त्रालयमा जनस्वास्थ्य अधिकृत १, स्वास्थ्य निर्देशनालयमा २, स्वास्थ्य तालिम केन्द्रमा २ स्वास्थ्य कार्यलय रुपन्देहीमा १,पाल्पामा १ रोल्पामा १,गुल्मीमा १ ,जना कपिलबस्तुमा १ जना जनस्वास्थ्य अधिकृतको दरबन्दी खाली रहेको छ। 

सुबेदीले जनस्वास्थ्य अधिकृत देखी मेडिकल अधिकृत ल्याब टेक्नोलोजीष्ट स्वास्थ्य शिक्षा अधिकृत फार्मेसी अधिकृत ,नर्सिड अधिकृत लगायत सातौ ÷आठौ तहको  अधिकासं दरबन्दी समेत रिक्त रहेको  जानकारी गराउदै   हाल संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले  २०७६ कार्तिक १४ गते को पत्रद्धारा कार्तिक २१ गते सम्म रिक्त रहेको  दरबन्दीमा माग आकृति फारम भरि पठाउन समेत अनुरोध गरेको ब्यहोरा जानकारी गराए ।

सामाजीक बिकास मन्त्री शुदर्शन बरालले यो बिषयलाई सकारात्मक रुपले हेरेको वताउदै यो कार्यलाई  तत्काल कार्यन्यन गर्न निर्देशन दिएका छन ।

Last modified on 2019-11-04 12:00:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts