शिक्षण अस्पतालको मनमोहन सेन्टरमा प्रधानमन्त्रीको एक्सरे



Download our app to get more features

काठमाडौं, १७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको शिक्षण अस्पतालस्थित मनमोहन सेन्टरमा एक्सरे गरिएको छ ।

गतहप्तादेखि अस्वस्थ भएका प्रधानमन्त्री ओलीको पहिलो डायलासिसपछि एक्सरे गरिएको हो । ओलीको फोक्सोमा जमेको पानी सुकेनसुकेको हेर्न एक्सरे गरिएको हो । दोश्रो डायलासिस गर्ने वा नगर्ने निर्णय गर्नका निम्ति एक्सरे गरिएको जनाइएको छ । 'प्रधानमन्त्री ओली साँढे एघार बजेतिर अस्पतालमा आएर एक्सरे गराउनु भएको हो । उहाँको स्वास्थ्य अवस्था सामान्य छ ।

थप, विषयमा उहाँकै निजी चिकित्सकलाई सोध्दा राम्रो हुन्छ ।' सेन्टरका निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठले हाम्रो डक्टरसँग भने ।

Last modified on 2019-11-04 11:35:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts