प्रधानमन्त्रीले गरे आफ्नो स्वास्थ्यवस्थाको ब्रिफिङ, गम्भीर नभएको पार्टी प्रवक्ताको दाबी
काठमाडौं, १६ कात्तिक । शनिवार बसेको सत्तारुढ नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे नेताहरुलाई जानकारी दिएका छन् ।
प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य जाँच निरन्तर रुपमा भइरहेको र पुनः डायलासिस गर्नुपर्ने नेताहरुलाई बताएका थिए । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था गम्भीर नभएको प्रतिक्रिया दिए । भर्खरै मिर्गौला डायलासिस गर्नुपरे पनि अवस्था गम्भीर नभएको उनको भनाइ थियो । उनले प्रधानमन्त्रीको स्वास्थ्य जाँचका रिपोर्टहरु आएपछि थप के गर्ने निक्र्योल गरिने बताए ।
Last modified on 2019-11-03 10:38:04