चार जिल्लालाई सेवा दिदैँ आएको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्र डेढ महिनादेखि चिकित्सक विहीन

डडेल्धुरा, १५ कात्तिक । बाजुरा सहित चार जिल्लालाई सेवा दिदैँ आएको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्र डेढ महिनादेखि चिकित्सकविहीन बनेको छ । बुढिन्नदा नगरपालिकामा रहेको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रले बाजुराको उत्तरी क्षेत्रका ४ वटा स्थानिय तह, हुम्ला, कालिकोट र मुगुका जनतालाई सेवा दिदै आएको छ ।
तर उक्त स्वास्थ्य केन्द्र डेढ महिना देखी चिकित्सक बिहिन बनेको छ । संस्थामा कार्यरत चिकित्सक डा. गणेश चौधरी समायोजन भएर गएपछि डेढ महिना देखी स्वास्थ्य केन्द्र चिकित्सक बिहिन बनेको छ ।
‘डाक्टर सरुवा भएर गए, नयाँ आउने कुनै ठेगान छैनन्’ प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत अहेब लोकेन्द्र न्यउपाने भन्छन ‘संस्थामा दैनिक ८० जति बिरामी आउने गरेका छौ, उपचार गर्न निकै धौधौ भएको छ।’ अहिले एचए ओम जंग शाहि स्वास्थ्य केन्द्रका ईन्चाजका रुपमा रहेका उनले बताए ।
अहिले चिकित्सक नहुँदा बिरामीले सास्ति बेहोर्नु परेको छ । उपचारका लागि बिरामी आउने गर्छन तर चिकित्सक नभएकै कारण तराईका जिल्ला रिफर गर्नु परेको प्राथमिक स्वास्थ्य केन्द्रको भनाइ छ । अझ त्यस क्षेत्रमा पोष्टमार्टम गर्नुपरेमा पनि जिल्ला ल्याउनुपर्ने बाध्यता रहेको छ ।
कोल्टि प्राथकि स्वास्थ्य केन्द्रमा दरबन्दि अनुसार स्वास्थ्यकर्मी छैनन् । एकजना डाक्टरको दरबिन्द रहेकोमा त्यो पनि रिक्त रहेको छ । तिन जना अहेबको दरबन्दि भएपनि त्यहाँ १ जना मात्र रहेका छन् । त्यस्तै ३ जना अनमी मध्ये दुईजना मात्र रहेका छन् । यो क्षेत्रको नमुना स्वास्थ्य चौकीका रुपमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा उपचारका लागि महँगो हवाई भाडा तिरेर नेपालगञ्ज जानु परेको बुढिन्नदा नगरपालिका– १ का अध्यक्ष नृपराज खत्रिले बताए ।
चिकित्सक ल्याउनका लागि पहल भइरहेको बुढिनन्दा नगरपालिकाका उपप्रमुख सृष्टि रेग्मिले बताइन । उनले भनिन,‘ प्रदेश र संघसँग समन्वय गरिरहेका छौ, केही समयमा व्यवस्था हुन्छ होला ।’