डाइलासिस गरी प्रधानमन्त्री बालुवाटार फर्किँदै



Download our app to get more features

काठमाडौं, १४ कात्तिक । ग्राण्डी अस्पतालमा उपचार गर्न गएका प्रधानमन्त्री केपी शर्मा ओली बिहीवार साँझै बालुवाटार फर्किने भएका छन् । 

अस्पतालले विज्ञप्ति जारी गर्दै ओलीको स्वास्थ्य अवस्था सामान्य भएको दावी गरेको छ । यद्यपी ओलीको मिर्गौला डाइलासिस गरेकाले उनको मिर्गौलामा तुलनात्मक रुपमा धेरै खराबी आएको पुष्टि हुन्छ । सामान्य स्वास्थ्य परीक्षण मात्र भनिएपनि ओलीको मिर्गाैला डाइलासिस गरिएको छ । बिहीवार ग्राण्डी अस्पताल पुगेका नेकपा शीर्षनेताहरुले ओलीलाई डाइलासिस गरिएको बताएपछि ओलीको स्वास्थ्य अवस्थाबारे नयाँ तथ्य बाहिर आएको छ । अस्पतालले बिहीवार अपरान्ह जारी गरेको प्रेस विज्ञप्तिमा पनि ओलीको हेमोडाइलासिस गरिएको जनाइएको छ । 

प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार ओलीको दोश्रोपटक मिर्गौला प्रत्यारोपण गर्नेबारे चिकित्सकहरुसँग सल्लाह भइरहेको छ । 

Last modified on 2019-11-01 10:52:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts