प्रधानमन्त्री ओलीलाई ग्राण्डीमै राखिने, उपचार बिहीवारसम्म चल्ने



Download our app to get more features

काठमाडौं, १३ कात्तिक । नियमित स्वास्थ्य जाँचका लागि भन्दै ग्राण्डी अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार बिहीवारसम्म चल्ने भएको छ । 

बुधवार बिहान अस्पतालमा पुगेर परीक्षण सुरु गरिएपनि सबै रिपोर्ट आउन समय लाग्ने र भोलि पनि नियमित उपचार आवश्यक देखिएकाले प्रधानमन्त्रीको अस्पताल बसाई लम्बिने देखिएको हो । बालुवाटार स्रोतका अनुसार बुधवारै फर्किने पूर्वयोजना भएपनि चिकित्सकको सल्लाहमा अस्पतालमै राख्न लागिएको हो । प्रधानमन्त्रीको स्वास्थ्यका बारेमा थप जानकारी निजी चिकित्सकले प्रेस वक्तव्यमार्फत जानकारी दिने बताइएको छ ।  

अस्पतालको आइसियूको बेड नं १४१६ मा बिहान सवा एघार बजे राखेर प्रधानमन्त्रीको उपचार भैरहेको छ । प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहको नेतृत्वमा उपचार जारी रहेको हो । अस्पतालले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको आवश्यक परीक्षण सकेपछि बुधवार राति नै वा बिहीवारसम्म डिस्चार्ज गरिने जनाएको छ । 

यस्तो छ विज्ञप्ति

Last modified on 2019-10-31 12:16:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts