सामुदायिक विद्यालयका छात्रालाई निशुल्क स्यानेटरी प्याड वितरण कार्यक्रमको कार्यान्वयन ढाँचा निर्माणकै चरणमा

काठमाडौं, १३ कात्तिक । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले छात्राहरुलाई निशुल्क उपलब्ध गराउने स्यानेटरी प्याड वितरण कार्यक्रमको कार्यान्वयन ढाँचा निर्माणकै चरणमा रहेको जनाएको छ ।
कक्षा ६ देखि १२ सम्म अध्ययन गर्ने छात्रा संख्याको आधारमा स्थानिय तहलाई बजेट निर्धारण गरी सबै पालिकामा बजेट पठाउने गरी शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई पत्राचार भैसकेको शिक्षा मन्त्रालयले जनाएको छ ।
सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई मात्र निशुल्क रुपमा स्यानेटरी प्याड उपलव्ध गराउर्ने भएको हो । साथै कार्यक्रम कार्यान्वयन ढाँचा निमार्णकै चरणमा रहेकाले यस बारे भ्रम नफैलाउन समेत मन्त्रालयले आग्रह गरेको छ ।
Last modified on 2019-10-31 12:17:42