गुणस्तरीय स्वास्थ्यका लागि आयुर्वेद र सम्बन्धित योगहरुको आवश्यक



Download our app to get more features

काठमाडौं, ८ कात्तिक । गुणस्तरीय स्वास्थ्यका लागि आयुर्वेद र सम्बन्धित योगहरुको आवश्यक भएको आयुर्वेदिक चिकित्सकहरुले जनाएका छन् । आरोग्य दिवसको पूर्वसन्ध्यामा आयुर्वेद विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा चिकित्सकहरुले गुणस्तरीय स्वास्थ्यका लागि आयुर्वेद आवश्यक रहेको अनुसन्धानले देखाएको बताएका छन् । 

अहिले नेपालीको औषत आयु बढेको भएपनि गुणस्तरीय स्वास्थ्य नभएको र यसका लागि आयुर्वेद र सम्बन्धित योगहरु आवश्यक पर्ने अनुसन्धानले देखाएको हो । साथै गुणस्तरीय स्वास्थ्यका लागि आयुर्वेदिक विभागले प्राथमिक तहबाटै बच्चालाई सिकाउनु पर्ने भन्दै यसको लागि विभाग लागेको जनाएको छ ।   

आयुर्वेदिक औषधि पनि चिकित्सकको सल्लाह बमोजिम खान चिकित्सकहरुले सुझाएका छन् । चिकित्सहरुले आवश्यकभन्दा बढि मात्रा आयुर्वेदिक औषधिको प्रयोग नगर्न सुझाव दिएका छन् ।  आयुर्वेदिक औषधि जडिबुटीबाट बन्ने भएकाले सर्वसाधरण जति पायो त्यति मात्रामा खाने गरेका छन् । यसरी आयुर्वेदिक औषधिलाई जडिबुटि हो भनेर अन्धाधुन्द रुपमा नखान विभागका महानिर्देशक डा. बासुदेव उपाध्यायले सचेत गराए । 

Last modified on 2019-10-25 18:00:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts