१८ कात्तिकदेखि डा. केसीको सत्याग्रह



Download our app to get more features

काठमाडौं, ८ कात्तिक । प्राडा गोविन्द केसीले १८ कात्तिक सोमवारदेखि सत्याग्रहसहितको आन्दोलन शुरु गर्ने भएका छन् । मेडिकल कलेजहरूले विद्यार्थीसँग लिएको अवैध सुल्क फिर्ता गर्ने भन्दै सरकारसँग सहमति गरे पनि कार्यान्वयन नगरेको लगायत विषयमा जोड दिदै उनले सयाग्रह सुरु गर्न लागेका हुन् । 

यस्तै, उनले वीरगन्जस्थित नेशनल मेडिकल कलेजका विद्यार्थीमाथि ७ कात्तिकमा भएको सांघातिक हमलाको भत्र्सना गरेका छन् । कलेजले अवैध रुपमा असुलेको शुल्क फिर्ता गर्न माग गर्दा प्रशासनले विद्यार्थीमाथि नै सांघातिक हमला गरेको थियो । डा. केसीले शुक्रबार विज्ञप्ति प्रशासन गरी कलेज प्रशासनको सो कार्यको आलोचना गरेका छन् ।

कलेजमा अध्ययनरत विद्यार्थीहले ७ कात्तिकमा शुल्क फिर्ताको माग राख्दै शान्तिपूर्ण प्रदर्शन गरेका थिए । प्रर्दशनमा उत्रेका विद्यार्थीमाथि कलेज प्रशासनले ‘भाडाका गुण्डा’ लगाए ढुंगा, लाठी र रड प्रयोग गरेको विद्यार्थीको आरोप छ । विज्ञप्तिमा उल्लेख छ, ‘जायज माग पूरा गराउन आन्दोलनरत मेडिकल विद्यार्थीमाथि मेडिकल माफियाले गराएको सांघातिक हमलाको हामी घोर भत्र्सना गर्दर्छौं ।’

सरकारले अपराधीलाई संरक्षण गरेको आरोप
डा. केसीद्वारा जारी विज्ञप्तिमा कलेज परिसरमा विद्यार्थीमा गम्भीर आक्रमण हुँदा  पनि प्रहरी प्रशासन तमासे बनेको जनाइएको छ । अझै प्रहरी प्रशासनले ‘कुनै झमेला र तोडफोड नभएको’ भनेर दिएको गैर–जिम्मेवार अभिव्यक्तिले प्रहरी प्रशासनको निकम्मापन देखिएको उनले जनाएका छन् । उनले विद्यार्थीमाथि आत्रमण गर्न अपराधीसित प्रहरी प्रशासनको मिलेमतो र साँठगाँठ देखिएको जनाएका छन् । साथै सरकारले यसरी नै अपराधीको संरक्षण र पीडितको बेवास्ता गरेर कानु्नी राजको उपहास गरेको विज्ञप्तिमा उल्लेख छ ।

साथै, सरकारले दिएको अल्टिमेटममा विद्यार्थीबाट अवैध रुपमा असुलिएको शुल्क फिर्ता नगर्ने सबै मेडिकल कलेजका सञ्चालकहरुलाई तत्काल फौजदारी कसुर अन्तर्गत पक्राउ र कारवाही गर्न जोडदार माग गर्दर्छौं । त्यसो नगरिएको खण्डमा दशौं अर्बको ठगीको प्रमुख दोषी सरकार नै हुने डा. केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

प्रेस विज्ञप्तिः

मेडिकल माफियाको गुण्डागर्दी बन्द गर

यही कार्तिक ७ गते वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा अवैध रुपमा असुलिएको शुल्क फिर्ता गर्नुपर्ने माग राख्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रेका विद्यार्थीहरुलाई कलेज प्रशासनले भाडाका गुण्डाहरु ल्याएर ढुंगा, लाठी र रड प्रयोग गरी आक्रमण गराएको छ । जायज माग पूरा गराउनका लागि आन्दोलनरत मेडिकल विद्यार्थीहरुमाथि मेडिकल माफियाले गराएको यस्तो सांघातिक हमलाको हामी घोर भत्र्सना गर्दर्छौं ।

साथै त्यत्रो आक्रमण हुँदा तमाशे भएर बस्ने प्रहरी प्रशासनले ‘कुनै झमेला र तोडफोड नभएको’ भनेर दिएको गैर–जिम्मेवार अभिव्यक्तिले प्रहरी प्रशासनको निकम्मापन मात्र नभई अपराधीहरुसितको मिलेमतो र साँठगाँठ देखाउँछ । सरकारले यसरी नै अपराधीको संरक्षण र पीडितको बेवास्ता गर्नु कानु्नी राजको उपहास हो ।

साथै सरकारले दिएृको अल्टिमेटममा विद्यार्थीलाई अवैध रुपमा असुलिएको शुल्क फिर्ता नगर्ने सबै मेडिकल कलेजका सञ्चालकहरुलाई तत्काल फौजदारी कसुरअन्तर्गत पक्राउ र कारवाही गर्न जोडदार माग गर्दर्छौं । त्यसो नगरिएको खण्डमा दशौं अर्बको ठगीको प्रमुख दोषी सरकार नै हुनेछ ।

विभिन्न मागहरुसहित हामीले सरकारलाई आन्दोलनका लागि आजको अल्टिमेटम दिएकोमा तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै यही कार्तिक १८ गते सोमवारदेखि सत्याग्रहसहितको आन्दोलन शुरु गर्ने जानकारी गराउन चाहन्छौं ।

डा गोविन्द केसी
काठमाडौं
२०७६।७।८

Last modified on 2019-10-27 08:22:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts