काठमाडौं उपत्यकामा रगत अभाव, चाडवाडले रक्तदान कार्यक्रम न्यून  



Download our app to get more features

काठमाडौं, ८ कात्तिक । काठमाडौं उपत्यकामा एक सातायता रगतको अभाव देखिएको छ । चाडवाडको बेला रक्तदानका कार्यक्रम कम हुँदा रगत अभाव देखिएको हो । केन्द्रीय रक्त सञ्चार केन्द्रमा संकलन गरेर राखिएको रगतले दशैंसम्म पुगेको थियो । तर, यसबीचमा रक्तदानका कार्यक्रम कम भएकाले माग अनुसारको रगत आपूर्ति गर्न समस्या रहेको रक्त सञ्चार केन्द्रकी प्रमुख डा. मनिता राजकर्णिकारले बताइन् । 
उपत्यकाका तीन जिल्लामा अस्पताल बढि भएकोले रगत बढि आवश्यक पर्ने गर्छ । अझ दुर्घटना, रक्तश्राव, प्रसूति, शल्यक्रिया लगायतका अवस्थामा रगत आवश्यक पर्छ ।   

केन्द्रमा दिनहुँ सरदर साढे एक सय पिन्टको हाराहारीमा रगतको माग हुने गरेको डा. राजकर्णिकारले बताइन् । रगतको अभाव भएपछि केन्द्रले शुक्रवार, शनिवार र आइतवार लगातार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । साथै केन्द्रले विभिन्न संघसंस्थामार्फत रक्तदान कार्यक्रमहरु बढाउन पनि अपिल गरेको छ ।

Last modified on 2019-10-27 08:22:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts