आयुर्वेदका प्रवर्तक धन्वन्तरीको जयन्ती आज

काठमाडौं, ८ कात्तिक । आयुर्वेदका प्रवर्तक धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा आज धन्वन्तरी जयन्ती मनाइँदैछ ।
हातमा वैदिक हिन्दू दर्शनका चार उपवेदमध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रुपमा जडीबुटी लिएका धनवन्तरीलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ । विक्रम संवत् १९७४ मा काठमाडौंको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत रुपमा धनवन्तरी जयन्ती मनाउन थालिएको हो ।
आयुर्वेद क्षेत्रका व्यक्तिको पहलमा २०५६ सालदेखि धनवन्तरी जयन्तीको दिनलाई आरोग्य दिवसका रुपमा पनि मनाउने गरिएको छ । धनवन्तरी जयन्तीका अवसरमा आज सिंहदरबार वैद्यखाना, नरदेवी आयुर्वेद अस्पताल, आयुर्वेद क्याम्पस कीर्तिपुर, लगायतका अस्पताल र संस्थामा विविध कार्यक्रमको आयोजना गरिने भएको छ ।
Last modified on 2019-10-27 08:21:51