बाजुरामा पहिलो पटक स्क्रब टाइफसको बिरामी फेला



Download our app to get more features

बाजुरा, ७ कात्तिक । बाजुरामा पहिलो पटक स्क्रब टाइफसको बिरामी फेला परेको छ । 

जिल्लाको बडिमालिका नगरपालिका–१ पिनालेखका ५१ वर्षका किट्टी कार्कीमा स्क्रब टाईफस भेटिएको अस्पतालका डाक्टर दुर्गाराज महर्जनले बताए । 

उनका अनुसार कार्कीलाई उच्च ज्वरो आउने, टाउको दुख्ने समस्याले गर्दा गत असोज २४ गते जिल्ला अस्पतालमा उपचारका लागि आएकी थिइन् । 

उनलाई जाँच गर्दा स्क्रब टाइफसको संक्रमण भएको पत्ता लागेको डा.मर्हजनले बताए ।

अत्याधिक सङ्ख्यामा जिल्ला अस्पताल बाजुरामा ज्वरोका बिरामी बढ्न थालेपछि डाक्टरहरुले विशेष ध्यानमा राखेर उपचार गर्दा उनमा स्क्रब टाइफसको संक्रमण भेटिएको हो ।

Last modified on 2019-10-27 08:20:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts