टेकु अस्पतालमा उडुस आतंक



Download our app to get more features

काठमाडौं, ६ कात्तिक । सरुवा तथा किटजन्य रोगसम्बन्धी उपचार गर्ने देशको केन्द्रीय अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उडुस आतंक मच्चिएको छ । अस्पतालको क्याविनमा उडुसले आतंक मच्याएपछि बिरामीले गुनासो गर्न थालेका छन् ।

अस्पताल स्रोतका अनुसार बिरामीबाट दिनहुँजसो सुनासो आउन थालेपछि उडुस हटाउने प्रयास भइरहेको छ । विभिन्न दातृ निकायसँग अस्पतालमा रंगरोगन गर्न सहयोग मागिएको स्रोतको दावी छ । उनले भने, ‘रंग लगाउँदा उडुस हट्छ की भनेर सहयोग मागेको हो ।’ अस्पतालको क्याबिनमा परेको उडुसबाट सबै भन्दा बढी बिरामी मारमा परेका छन् ।

हुनत सरकारी अस्पतालमा उडुस परेको यो पहिलो घटना भने होइन । यसअघि वीर अस्पतालमा पनि उडुसले आतंक मच्चाएको थियो । सरकारी अस्पतालमा पटक पटक उडुस पर्नुले सरकारी अस्पतालको सरसफाइमाथि नै प्रश्न उठ्ने गरेको छ । एडुसको टोकाइबाट शरीर चिलाउने, सुन्निने तथा एलर्जी समेत हुन्छ ।

Last modified on 2019-10-24 09:21:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts