सुरक्षित यात्रा नेपाललाई एम्बुलेन्स हस्तान्तरण

What's This?


Download our app to get more features

रुपन्देही, ५ कात्तिक । सुरक्षित यात्रा नेपाललाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । 

सुरक्षित यात्रा नेपालले सञ्चालन गर्ने गरी प्राप्त भएको उक्त एम्बुलेन्स नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सोमबार सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्णप्रसाद बेलबासेलाई हस्तान्तरण गरे ।

उक्त अवसरमा नेता खाँणले नागरिकको सुरक्षित यात्राप्रतिको प्राथमिकता र दायित्व सरकारको भएको बताए । उनले नागरिकलाई अकालमा हुने मृत्युबाट जोगाउन सकिँदैन भने सरकारको औचित्य पनि नहुने भन्दै यसमा गम्भिर बन्न सरकारलाई आग्रह गरे ।

नेता खाँणले समाजिक अभियान्ताहरुको अग्रसरतामा राम्रो कामको थालनी भएकाले त्यसमा आफूले पनि केही गर्न सकियोस भन्ने हेतुले नै एम्बुलेन्स सञ्चालनकालागि व्यबस्थापन मिलाएको बताए ।

एम्बुलेन्स ग्रहण गर्दै संस्थाका अध्यक्ष कृष्णप्रसाद बेलबासेले दुर्घटनाबाट हुने मानिसको मृत्युलाई न्यूनिकरण गर्नकालागि प्राप्त भएको एम्बुलेन्स सहयोग सिद्ध हुने विश्वास व्यक्त गर्दै दाताहरुको शिर झुक्न नदिनेगरी एम्बुलेन्स सञ्चालन गरिने प्रतिवद्धता व्यक्त गरे ।

उनले संस्था स्थापना र दर्ता गर्दा धेरै झण्झट व्यहोर्नु परेपनि झण्झट नमानेर अभियानलाई अंगाडी बढाईएको बताउँदै अभियानमा साथ र सहयोग प्रदान गर्ने सबैलाई धन्यवाद ज्ञापन ब्यक्त गरे ।
सुरक्षित यात्रा नेपालका सल्लाहकार बाबुराम अधिकारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts