हेमो डाइलसिस गर्न चाहिने वाटर फ्ल्युट नामक औषधि उत्पादन गर्ने तयारीमा सरकार

काठमाडौं, ५ कात्तिक । नेपाल औषधि लिमिटेडले मृर्गाैलाका समस्या भएका बिरामीलाई हेमो डाइलसिस गर्नका लागि आवश्यक पर्ने वाटर फ्ल्युट नामक औषधि उत्पादन गर्ने भएको छ ।
अहिलेसम्म एउटा औषधि उद्योेगले मात्र मृगौलाको समस्या भएकाहरुको लागि आवश्यक पर्ने वाटर फ्ल्युट अर्थात पानी जस्तै एक किसिमको औषधि उत्पादन गर्ने गरेको भएपनि अब भने लिमिटेडले पनि यस्तो औषधि उत्पादन गर्न लागेको हो ।
मृगौलाको समस्या भएका बिरामीहरुको रगत सफा गर्नको लागि आवश्यक पर्ने पानी अभाव भएको पाइएपछि लिमिडेटले यस्तो औषधि उत्पादनलाई जोड दिएको हो ।
मृगौलामा समस्या भएका बिरामीहरुले हप्ताको तीन पटक सम्म हेमो डाइल सिस गर्न पर्ने भएपनि आवश्यक पर्ने पानीको अभावका कारण दुई पटक मात्रै डाइलसिस गरिरहेका थिए । अब भने त्यो समस्या समाधान हुने लिमिटेडका सुचना अधिकारी टिका राम अर्यालले बताए ।
लिमिटेडले ६ महिना भित्र हेमो डाइलसिसको लागि आवश्यक पर्ने पानीको उत्पादन गर्ने तयारी गरिरहेको उनले बताए ।
गैरसरकारी अस्पताल तथा क्लिनिकहरुमा हेमो डाईलसिसको सुविधा निःशुल्क लिन सक्ने व्यवस्था छ । नेपाल सरकारसँग मृगौलाको समस्या भएको व्यक्तिहरुको एकिन तथ्याकं नभएपनि अस्वस्थ खानपानका कारण नेपालमा मृगौलाको रोगिको संख्या बढ्दै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।