चिसोमा दाँतको हेरचाह कसरी गर्ने ? यस्ता छन् उपाय
दशैं सकिएपछि मौसम पनि परिवर्तन हुन थाल्छ । कात्तिक लागेसँगै जाडो मौसमको सुरुवात हुन थाल्छ । विस्तारै काठमाडौं उपत्यका सहित देशका अन्य क्षेत्रमा पनि जाडो सुरु भएको अनुभव हुन थालेको छ । जसरी गर्मीमा मानव सवास्थ्यमा विभिन्न समसया आउने गर्छ त्यसरि नै जाडोमा पनि विभिन्न समस्याले सताउन सक्छ । त्यसकारण समयमै सावधानी अपनाउनुपर्ने हुन्छ ।
मौसमी रुघाखोकी, फ्लु, ज्वरो, टाउको दुख्ने, पिनास, टनसिल बढ्ने लगायतका समस्था जस्तै दाँतको दुखाई पनि जाडो मौसममा हुन सक्छ । त्यसकारण चिसोमा दाँतलाई सुरक्षीत राख्न यी उपाय अपनाऔं:
♦ चिसो समयमा दाँतमा चिसो हावा पर्ने, चिसो खानेकुराको प्रयोग बढी हुने तथा शरीरका तापक्रममा पनि कमी आउँदा दाँतको दुखाई बढी हुने गर्छ ।
♦ दाँतमा समस्या हुने मानिसले धेरै साह्रो खानेकुरा सेवन नगर्दा राम्रो हुन्छ ।
♦ खराब किसिमबाट ब्रस गर्ने, खैनी, पान, पराग, सुपारी, चुरोटको सेवन गर्दा दाँतमा समस्या हुन्छ ।
♦ सामान्य दुखाइमा साधारण नुनपानीले मुख कुल्ला गर्दा पनि स्वस्थ रहन सकिन्छ ।
♦ खाना खाइसकेपछि जाडोले गर्दा ब्रस गर्न सकिँदैन भने राम्रोसँग मुख कुल्ला गर्नु उत्तम हुन्छ ।