लुम्बिनी सामुदायीक मुटु अस्पताल निमार्ण अभियान शुरु



Download our app to get more features

रुपन्देही, ३ कात्तिक । बुटवलमा लुम्बिनी सामुदायीक मुटु अस्पताल निमार्णको अभियान थालिएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १३ मा लायन्स क्लब अफ बुटवल बेलवास सिटीको नेतृत्वमा लुम्बिनी सामुदायीक मुटु अस्पताल निमार्णको अभियान शुरु गरिएको हो । 

लायन्स क्लब अफ बुटवल बेलवास सिटीका  अध्यक्ष लक्ष्मण खड्काले स्थानीय निकायसँग समन्यन गरी बेलावसमा करिव ५ कट्ठा जग्गाको व्यवस्थापन भएको भैसकेको बताए । नयाँ बन्न लागेको २५ वेडको अस्पताल भित्र रहने सम्पूण संरचनाको गुरु योजना तयार गरिएको  खडकाले बताए।

लुम्बिनी सामुदायिक मुटु अस्पताल अहिले ४ तले भवन निमार्ण गर्ने नक्सा निमार्ण भएको छ । अस्पताल निमार्णको लागि १० करोड लाग्ने अनुमान गरिएको छ । आर्थिक सहयोगको लागि लायन्स इन्टरनेशनल र लायन्स डिस्ट्रीक ३२५ बी २ नेपालका साथै एरिया ४ मा आर्थिक सहयोग प्रस्ताव पठाइएको खडकाले बताए ।

यस्तै प्रदेश सामाजिक विकास मन्त्रालय, संघीय सरकार स्वास्थ्य मन्त्रालय, बुटवल उपमहानगरपालिका लगायतका विभिन्न निकायमा पनि प्रस्ताव पठाइएको खड्काले वताए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts