आजपनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईँदै 



Download our app to get more features

काठमाडौं, ३ कात्तिक । आजपनि देशभरिका बालबालिकाहरूलाई भिटामिन ‘ए’ खुवाईँदैछ । 

जन्मेको ६ महीनादेखि ५  वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकालाई जुकाको औषधि (अल्वान्डाजोल), खुवाईँदैछ ।

छ महिनादेखि दुई वर्षभित्रका बालबालिकालाई बालभिटा र पाँच वर्ष मुनिका बालबालिकाको पाखुराको नाप लिइने  स्वास्थ्य तथा जनसङ्या मन्त्रालयले जनाएको छ । 

हिजो खान छुटेका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने छ । बालबालिकाको पोषणको स्थिति पत्ता लगाउन पाखुराको नाप लिने गरिन्छ । स्वास्थ्य सेवा विभाग, पोषण शाखाका प्रमुख केदार पराजुलीका अनुसार भिटामिन ‘ए’ कार्यक्रमका लागि ७ सय ५३ वटै पालिकाका ५२ हजार बुथमा सोही सङ्ख्यामा स्वास्थ्यकर्मी परिचालन गरिएको छ । 

बालबालिकालाई रोगसित लड्न सक्ने प्रतिरोधी क्षमता वृद्धि तथा समग्र स्वास्थ्यमा सुधार ल्याउन भिटामिन ‘ए’ आवश्यकता पर्ने गर्छ । खानाबाट प्राप्त हुन नसकेका भिटामिन ‘ए’ बालबालिकालाई वर्षेनि खुवाईने गरिन्छ ।
 

Last modified on 2019-10-20 16:14:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts