बायोइथिक्स दिवसः चिकित्सा, स्वास्थ्य र जीवन विज्ञान क्षेत्रमा शिक्षा, सेवा र अनुसन्धानमा नितिनियमको अनुसन्धानको आवश्यक्ता

धरान, २ कार्तिक । युनेस्कोको बायोइथिक्स चेयरले चिकित्सा, स्वास्थ्य र जीवन विज्ञान क्षेत्रमा शिक्षा, सेवा र अनुसन्धानमा नितिनियम (इथिक्स) को अध्यापन, तालिम र अनुसन्धानको लागि जोड दिएको छ ।
१९ अक्टोबरका दिन मनाइने विश्व बायोइथिक्स दिवस नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरि मनाइएको छ ।
नेपाल युनिटको आयोजनामा यस वर्षको नारा ‘साँस्कृतिक विविधताको सम्मान’ (Respect for cultural diversity) शीर्षकमा सम्पन्न विविध प्रतियोगिताहरु (निबन्ध, पोस्टर, फिल्म, फोटो) एवम् रंगोली, टीसर्ट डिजाइनको समापन र चेतनामुलक कार्यञmम धरानको वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिवार सम्पन्न भयो । यस वर्षको अवधारणाबारे विद्यार्थी, शिक्षक र सम्बन्धित सबै पक्षमा जानकारी र समझ अभिवृद्धि गर्ने दिशामा यी कायक्रमहरु फलदायी हुने अपेक्षा गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यवाहक उपकूलपति एवम् शिक्षाध्यक्ष प्रा.डा. गुरुप्रसाद खनालले स्वास्थ्य र चिकित्सा शिक्षामा इथिक्स र परस्परको सम्मान गर्नेबारे विद्यार्थीकालदेखि नै सचेत हुन यस खालका कदमहरु आवश्यक हुने कुरा औंल्याएका थिए । बायोइथिक्स विज्ञ त्रि.वि.चि.सं, महाराजगञ्जका प्रा.डा. रमेशप्रसाद आचार्यको कार्यक्रममा बायोइथिक्स र यस वर्षको अवधारणाबारे बिस्तृत प्रस्तुति गरेका थिए ।
प्रा.डा. धनरत्न शाक्यबाट सञ्चालन भएको अन्तरक्रियात्मक कार्यक्रममा बक्ताहरु डा. अशोक ऐर, डा. सरुण कोइराला, खेमचन्द्र सुवेदी, विद्यार्थी संकायका डा. सुमित शर्मा लगायतबाट विविध कोणहरुबाट विश्लेशन र जानकारीमुलक प्रस्तुति गरियो । उक्त अवसरमा सहभागीहरुबीच नाराका विविध पहलुहरुमा केन्द्रित रहेर छलफल र प्रस्तुति पनि भएको थियो ।
कार्यक्रममा एकाईका प्रमुख तथा कार्यक्रमका संयोजक प्रा.डा. धनरत्न शाक्यले स्वागत मन्तव्य सहित् दिवसको औचित्यबारे औंल्याए । युनिटका सदस्य डा. अशोक ऐरबाट धन्यवाद ज्ञापन भयो । प्रतियोगितामा सहभागी निबन्ध, पोस्टर, फोटोहरु र रंगोलीहरुको प्रदर्शनी लगायत् यस अवसरमा चुनिएको संक्षिप्त मुभि तथा नाटक पनि देखाइएको थियो ।
फोटो प्रतियोगितामा स्नेहिल अग्रवाल, फिल्ममा प्रशन्न सुवेदीको समुह, आर्ट पोस्टरमा विवेक कट्टेल, टी–सर्ट डिजाइनमा शालु पराजुली, रंगोलीमा अक्षता श्रेष्ठ, अमृता मण्डल र रेनु शाहको समूह तथा निवन्धमा सदिच्छा खड्का उत्कृष्ट भएका हुन् । नेपालका उत्कृष्टहरुमध्येबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा स्नेहिल अग्रवालको फोटो तेश्रो भएकोछ । यस वर्ष एकाईबाट आयोजित विविध कार्यक्रमहरुमा वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायत् अन्य मेडिकल कलेजहरुबाट पनि सहभागिता रहेको हो । कार्यक्रमका संयोजक प्रा.डा. धनरत्न शाक्यले बायोइथिक्सबारे छलफल, अध्ययन र मनन्को यस्ता अवसर र कार्यक्रम नियमित र बिस्तारित हँुदैजाने शुभेच्छा राखे ।