आज देशभरका बालबालिकालाई भिटामिन 'ए' खुवाइदै



Download our app to get more features

काठमाडौं, २ कार्तिक । आज देशभरका बालबालिकालाई भिटामिन 'ए' खुवाइदैछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज र भोलि देशभरका बालबालिकालाई भिटामिन 'ए' र जुकाको औषधि खुवाउने निर्णय गरेको हो ।

आर्थिक वर्ष ०७६/७७ अन्तर्गतका पहिलो चरण ७ सय ५३ वटै स्थानीय तहका ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र एक देखि पाँचवर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ ।

यो अवधीमा शिघ्र कुपोषणको एकिकृत व्यवस्थापन कार्यक्रम लागु भएका जिल्लामा पाँच वर्ष मुनिका बालबालिकाहरुको एमआइसियू टेपबाट पोषणस्थिति लेखाजेखा र ६ देखि २२ महिनाका बालबालिकालाई बहुसुक्ष्म पोषण तत्व बालभिटा वितरण पनि गरिने छ ।

भिटामिन ए र जुकाको औषधि खुवाउनका लागि सबै स्वास्थ्यकर्मीलाई भनिएको र कोहि पनि नछुटुन भनेर भोलि पनि खुवाइने भएकाले सबैलाई आग्रह गरिएको छ । 

Last modified on 2019-10-19 19:38:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts