एमबीबीएस र बिडिएस अध्ययनको लागि नयाँ शुल्क निर्धारण, कति शुल्क बृद्धि भयो ? 



Download our app to get more features

काठमाडौ, १ कात्तिक । चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बिडिएसको अध्ययनको लागि नयाँ शुल्क निर्धारण गरेको छ । आयोगको १ र ३० असोजमा बसेको बैठकले स्नातक तहको नयाँ शुल्क निर्धारण गरेको हो । 

नयाँ निर्धारित शुल्क अनुसार उपत्यका भित्रका कलेजमा एसबीबीएस अध्ययन गर्न अब ४० लाख २३ हजार २ सय ५० र उपत्यका बाहिर ४४ लाख ३६ हजार २५ रुपैयाँ लाग्ने छ। यस अघि सरकारले एमबीबीएस अध्यनका लागि उपत्यकामा ३८ लाख ५० हजार र बाहिर ४२ लाख ४५ हजार निर्धारण गरेको थियो ।

त्यस्तै, बिडिएसका लागि पनि उपत्यका भित्र र बाहिर एउटै शुल्क  २० लाख १९ हजार ५ सय ८० निर्धारण गरेको छ । यसअघि बिडिएस अध्ययनका लागि १९ लाख ३२ हजार ६ सय १२ शुल्क निर्धारण गरेको थियो।

विद्यार्थीले जम्मा रकमको एक तिहाइ पहिलो वर्षमा र बाँकी रकम वार्षिक रुपमा किस्ताबन्दीमा तिर्न सक्नेछन् ।  विद्यार्थिले रकम सम्बन्धित विश्वविद्यालमा बुझाउन सकिने छ । 


 

Last modified on 2019-10-19 19:36:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts