स्वास्थ्य मन्त्रालयको आदेशमा न्याम्सले रोक्यो शनिवार हुने पीजी तहको प्रवेश परीक्षा



Download our app to get more features

 काठमाडौं, १ कात्तिक । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को शौक्षिक वर्ष ०७६।७७ को लागि स्नातकोत्तर तहको प्रवेश परीक्षा स्थगित भएको छ । २ कात्तिक शनिवारलाई तय भएको एमडी एमएस एमडीएसकोे प्रवेश परीक्षा स्थगित गरिएको न्याम्सले जनाएको छ । 

न्याम्सले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बहु क्षेत्रीय समन्वय शाखाको पत्र अनुसार शनिवार हुने भनिएको परीक्षा स्थगित गरीएको जनाएको हो ।  

शनिवार हुने परीक्षाको केन्द्र ललितपुरस्थित लिटल एन्जल स्कुलमा कायम गरिएको थियो । परीक्षा पुन कहिले हुने निश्चित छैन् । न्याम्सले अर्काे सुचना प्रकाशित नभएसम्मका लागि परीक्षा स्थगित गरिएको जनाएको छ । एक दिन अगाडि परीक्षा स्थगित हुँदा विद्यार्थि भने मारमा परेका छन् । 

Last modified on 2019-10-19 19:36:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts