थेराप्युटिक प्लाज्मा एक्स्चेन्ज नेपालमै सम्भव, मेडिसिटी अस्पतालमा ३३ वर्षीय पुरुषमा सफल



Download our app to get more features

ललितपुर, २७ असोज । आधुनिक पद्धतिबाट शरिरको प्राणघातक एन्टिबडि (शरीरलाई घात गर्ने तत्व) निकाल्ने थेराप्युटिक प्लाज्मा एक्स्चेन्ज प्रक्रिया नेपालमै पहिलो सम्भव भएको छ ।

नेपाल मेडिसिटि अस्पतालमा ३३ वर्षीय एक पुरुष बिरामीमा प्लाज्मा एक्सेजेन्ज सम्भव भएको हो । नेपाल मेडिसिटी अस्पतालको आइसीयूमा सोमबार यो प्रक्रिया मृगौला, मुटु र फोक्सोमा समस्या देखिएको बिरामीमा सम्भव भएको हो । 

नेपाल मेडिसिटी अस्पतालका आइसीयू विभाग प्रमुख डा. दिप्तेश अर्यालका अनुसार  बिरामीमा भास्कोलाइटिस विथ किड्नी फेल्युर विथ हेमोरेजको समस्या रहेको थियो । मृगौलासँगै, नसारोग, फोक्सोरोग, सेप्सीस, इन्डोक्राइन सम्बन्धि लगायतका अन्य समस्या भएको अवस्थामा यो पद्धति अपनाउन सकिने डा.अर्यालको भनाइ छ ।

रगतमा हुने तरलता र रक्तकोशबाट प्रोटिन निकाली अर्को प्लाज्मा राख्ने यो प्रक्रियाका लागि करिब २ घण्टा समय लागेको थियो । सोमबार पहिलोपटक सफल भएको  थेराप्युटिक प्लाज्मा एक्स्चेन्ज थप केहि चरणका गर्न आवश्यक रहेको चिकित्सकहरुको भनाइ छ । 

त्यस्तै, नेपाल मेडिसिटीको ब्लड बैंक इन्चार्ज विपुल गौतमका अनुसार थेराप्युटिक प्लाज्मा एक्स्चेन्ज प्रक्रिया एफेरेसिस उपकरणबाट सम्भव भएको हो । अस्पतालमा एफेरेसिसले स्टिम सेल, रेडसेल एक्स्चेन्स,प्लेटलेट एक्स्चेन्ज लगायतका कार्य गर्दै आइरहेको उनले बताए ।
 

Last modified on 2019-10-15 12:58:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts