तनहुँमा २ सय जना डेंगुका कारण प्रभावित, थालियो सरसफाई अभियान



Download our app to get more features

तनहुँ, २६ असोज । तनहुँको बन्दिपुर गाउँपालिकामा २ सय जना डेंगुका कारण प्रभावित भएका छन् । 

गाउँपालिकाको वडा नं. १ का अधिकांश मानिसमा डेंगुको संक्रमण देखिएको छ । 

वडा नं. १ मा मात्रै करिब २ सय जना भन्दा बढीमा डेंगु संक्रमण देखिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताए । 

बिरामी बढ्न थालेपछि गाउँपालिकाले डेंगु विरुद्ध सरसफाई तथा जनचेतनामूलक कार्यक्रम गरेको छ । डेंगु विरुद्ध गरिएको अभियान प्रहरी चौकी डुमे्रबाट सुरु भइ सम्पुर्ण बजारसम्म सरसफाइ गरिएको थियोे । 

आफ्नो घर आँगनमा पनि सँधै सरसफाइ गर्न र झाडीहरु काटेर सफा गर्न समेत आग्रह गरिएको छ । 

Last modified on 2019-10-14 09:17:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts