नेशनल बाथरोग सेन्टरले मनायो वार्षिकोत्सव

What's This?


Download our app to get more features

काठमाण्डौं, ४ असार । राजधानीको गौशाला राताेपुलस्थित नेशनल बाथरोग सेन्टरले आफ्नो तेश्रो वार्षिक उत्सव मनाएको छ ।

वार्षिक उत्सवको अवसरमा सेन्टरले सुन्धारमा बाथरोग सम्बन्धी विभिन्न फोटाको प्रदर्शनी गर्नुका साथै साताव्यापी निशुल्क बाथरोग परीक्षण शिविर पनि शुरु गरेको छ । 
बाथरोगको समयमै परिक्षण गराऔं, जोर्नीहरु बचाऔं भन्ने नाराका साथ फोटो प्रदर्शनी आयोजना गरिएको हो । 


प्रदर्शनीमा नेपाली समाजमा देखिएको बिभिन्न २० किसिमका बाथरोगका फोटा समेटिएका छन् । प्रर्दशनीमा सेन्टरका चिकित्सक, नर्स, बिद्यार्थी, प्रहरी लगायत विभिन्न क्षेत्रका मानिस र सार्वसाधारण उपस्थित थिए । 
यसका साथै सेन्टरले बाथरोग सचेतना अभियान अन्र्तगत काठमाण्डौं र ललितपुरमा मोटरसाइकल र्याली पनि आयोजना गरेको छ ।  सेन्टरले वार्षिक उत्सवको अवसरमा साताव्यापी निशुल्क बाथ रोग परिक्षण पनि शुरु गरेको छ । 
शनिवार देखि ११ गतेसम्म चल्ने शिविरमा निशुल्क रुपमा बाथरोग परिक्षण आयोजना गर्ने प्रबन्ध निर्देशक कक्षपतीको भनाई छ ।  


कार्यक्रममा वरिष्ठ बाथरोग बिशेषज्ञ डा. बिनित बैद्यले नेपालमा करीब ३६लाखको हाराहारीमा बाथ रोगी देखिएको र करीब १० प्रतिशत रोगीमात्रै उपचारको पहुँचमा रहेकाले समयमै सबैमा सचेतना विस्तार हुनपर्ने बताए । 
बाथरोग सय भन्दा बढि प्रकारको हुने र समयमै  उपचार गरे नियन्त्रणमा राख्न नसके दीर्घरोगको रुपमा रहने उनको भनाई छ । 

 

 

Last modified on 2016-06-18 17:46:48

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts