छोरा र छोरीलाई गरिने विभेदले पनि महिलामा बढि मानसिक समस्या देखिने 



Download our app to get more features

काठमाडौं, १७ असोज । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले छोरा र छोरीमा गरिने विभेदका कारण पनि महिलाहरुमा मानसिक समस्या बढि देखिने गरेको भन्दै विभेद अन्त्य गर्न सबै एकजुट हुनुपर्ने बताएकी छिन् । 

शुक्रबार मनोरोग उपचार तथा पुनस्थापना केन्द्रले आयोजना गरेको कार्यक्रममा मन्त्री थापाले समाजमा महिलामाथि हुने गरेका विभेदको अन्त्य गर्न सके मानसिक समस्या केहि हदसम्म कम हुने विश्वास व्यक्त गरिन् । नेपाल धेरै महिलाले आत्महत्या गर्ने देशमध्ये तेस्रो नम्बरमा पर्छ । कार्यक्रममा मानसिक एवं मनोसामाजिक सुस्वास्थ्यको राष्ट्रिय अभियानका संयोजक एवं मनोविद गोपाल ढकालले मानसिक स्वास्थ्य प्रवद्र्धनको लागि पर्याप्त जनचेतनाको आवश्यक्ता रहेको भन्दै सबै सरोकारवाला सक्रिय हुनुपर्ने बताए । 

कार्यक्रममा हाम्रो डक्टरका प्रधान सम्पादक उद्धवराज भेटुवाललाई मानसिक स्वास्थ्यका विषयमा पत्रकारितामार्फत योगदान पुर्याएको भन्दै सम्मानित पनि गरिएको छ । साथै हेल्थ टुडेका सम्पादक पदमराज जोशी र इमेज टेलिभिजनकी स्वास्थ्य पत्रकार प्र्रज्ञा तिमल्सिनालाई पनि सम्मान गरिएको छ । यसका साथै मानसिक स्वास्थ्यका क्षेत्रमा योगदान पुर्याउने विभिन्न संघ संस्था, व्यक्ति र चिकित्सकहरुलाई पनि सम्मान गरिएको छ ।

Last modified on 2019-10-05 10:32:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts