त्रिवि उपकुलपतिमा दुई डाक्टरसहित तीन जनाको नाम सिफारिस



Download our app to get more features

काठमाडौ, १७ असोज । शिक्षामन्त्री गिरीराजमणि पोखरेल संयोजकत्वको त्रिवि उपकुलपति सिफारिस सर्च कमिटीले दुई जना मेडिकल डाक्टरसहित तीन जनाको नाम सिफारिस गरेको छ । कमिटिले विहीबार नै उनीहरुको नाम सिफारिस गरेको हो । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलका अनुसार डा. धर्मकान्त बाँस्कोटा, डा. भगवान कोइराला र चन्द्रमणि पौडेलको नाम उपकुलपतिका लागि सिफारिस भएको जानकारी दिए । उनका अनुसार सिफारिस नाम विहीबार नै त्रिवि कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइसकेको छ । 

सिफासिस भएका तीन जना मध्येबाटै कुलपतिले एकको नाम चयन गर्नेछन् । तीर्थ खनियाँको अवकाशपछि त्रिविमा उपकुलपति पद खाली छ । 

Last modified on 2019-10-05 10:32:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts