बैतडीको आयुर्वेद औषधालयमा स्वदेन र स्नेहन सेवा बन्द



Download our app to get more features

डडेल्धुरा, १७ असोज । बाथरोगका बिरामीहरुलाई मध्यनजर गरेर बैतडीको आयुर्वेद औषधालय मुस्याचोर र शाहीलेक सञ्चालन गरिएको स्वदेन र स्नेहन सेवा बन्द भएको छ ।

कार्यक्रम ढिला आएकाले साउन १ गतेदेखि सो सेवा बन्द भएको आयुर्वेद औषधालयका वरिष्ठ वैद्य नरेन्द्र कलौनीले बताएका छन् ।

बजेटको अभावमा सेवा बन्द भएपछि सेवाग्राही मार्कामा परेका छन् । गाउँ नजिकैको आयुर्वेद औषधालयमा बाथरोगको उपचार पाएपछि खुसी भएका स्थानीय सेवा बन्द हुँदा निराश भएका छन् ।

केही महिना सञ्चालन भएको पञ्चकर्म सेवा अन्तर्गतको स्नेहन र स्वदेन सेवा गएको साउनबाट बन्द हुँदा आफूहरुलाई समस्या भएको दशरथचन्द नगरपालिका १ हरिप्रिया भट्टले जानकारी दिएका छन् । 

बाथरोगका बिरामीहरुलाई मध्यनजर गरेर शुरु भएको सेवा बन्द हुँदा बिरामीहरु मार्कामा परेका आयुर्वेद औषधालय मुस्यचोरका कर्मचारी रामदत्त भट्टले जानकारी दिए ।

बजेटको अभावमा स्वेदन र स्नेहन सेवा सञ्चालन गर्न नसकिएको उनको भनाइ छ ।

नयाँ कार्यक्रममा स्वेदन र स्नेहन सेवा सञ्चालन गर्न बजेट आइसकेकाले तिहारपछि यो सेवा सुचारु हुने वरिष्ठ वैद्य कलौनीले जानकारी दिए । 

Last modified on 2019-10-05 10:30:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts