कात्तिक २ र ३ गते देशैभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने



Download our app to get more features

काठमाडौं, १६ असोज । सरकारले कातिक २ र ३ गते देशैभर भिटामिन ‘ए’ खुवाउने कार्यक्रम तय गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी कात्तिक २ र ३ मा देशभरका ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने निर्णय गरेको हो ।

आर्थिक वर्ष २०७६/०७७ अन्तर्गत पहिलो चरणमा ७ सय ५३ वटै स्थानीय तहका ६ महिनादेखि ५ वर्ष सम्मका बालबालिकाहरुमा भिटामिन ‘ए’ र १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाउने मन्त्रालयले जनाएको छ । 

शिघ्र कुपोषणको एकिकृत ब्यवस्थापन कार्यक्रम लागू भएका जिल्लाहरुमा भने ५ वर्ष मुनिका बालबालिकाहरुको पोषणको अवस्था जाँच गर्ने, ६ देखि २३ महिनाका बालबालिकालाई बुहुसुक्ष्म तत्व बालभिटा पोषणस्थिति लेखाजोखा आवश्यक व्यवस्थापनका लागि स्थानियतहलाई जानकारी गराउने कार्यक्रम पनि तय भएको छ ।

Last modified on 2019-10-04 08:51:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts