दसैंभर आकस्मिक औषधि दिनेगरी औषधि व्यवसायी संघद्वारा हटलाइन सेवा सुरु

काठमाडौं, १६ असोज । नेपाल औषधि व्यवसायी संघ काठमाडौं शाखाले दसैंमा आकस्मिक औषधिको अभाव हुन नदिन हटलाइन सेवाको व्यवस्था गरेको छ । हटलाइन सेवा २४सै घण्टा उपलब्ध हुने संघले जनाएको छ । संघले हटलाइन टेलिफोन नम्बर ९८४१२६४१७१ मा आकस्मिक औषधि र परामर्शका लागि सम्पर्क गर्न आग्रह गरेको छ ।
चाडपर्वको समयमा आकस्मिक औषधिको अभाव हुन नदिन हटलाइन सेवा सुरु गरेको संघले भनाइ छ । हटलाइनबाट दुर्घटनामा परेका बिरामीको लागि आवश्यक पर्ने औषधिदेखि क्यान्सर, मुटुरोग, मधुमेह लगायतका औषधि माग गर्न सकिनेछ ।
संघले तिहारमा औषधि पसल ९० प्रतिशत खुलिसक्ने भए पनि आवश्यक परेको अवस्थामा परामर्श दिने जनाएको छ ।