सबै स्थानिय तहलाई पोषण कार्यक्रम नियमित रुपमा सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन

काठमाडौं, १५ असोज । सरकारले सबै स्थानिय तहलाई पोषण विशेष कार्यक्रम नियमित सञ्चालन गर्न निर्देशन दिएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानिय तहमा पोषण विशेष कार्यक्रम नियमित संचालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो । पोषण कार्यक्रम अन्तर्गत तीन वटा कार्यक्रम संचालन हुदंै आएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ९असोज२०७६मा पोषण विशेष कार्यक्रम स्थानिय स्तरमा आवश्यक निर्देशनको अभावले नियमित रुपमा संचालन भइनरहेको भन्दै समान्यमा आदेश दिन पत्र पठाएको थियो ।
विद्यालय जाने तथा नजाने किशोरीहरुलाई साप्ताहिक रुपमा आइरन फोलिक एसिड खुवाउने कार्यक्रम नियमित रुपमा संचालन भएका जिल्ला ४१ रहेका छन् ।
त्यस्तैगरी शिघ्र कुपोषणको एकिकृत व्यवस्थापन कार्यक्रम नियमित रुपमा संचालन भएका जिल्ला ५६ वटा रहेका छन् । र सुक्ष्म पोशक तत्व –बाल भिटा) खुवाउने कार्यक्रम नियमित रुपमा संचालन भएका जिल्लाहरु ४६ वटा रहेका छन् ।
सामान्यले यी सबै जिल्लाका सबै पालिकालाई कार्यक्रम नियमित संचालन गर्न आदेश दिएको हो ।