दशैंमा स्वास्थ्य समस्या: यी आवश्यक औषधि घरमै राखौं

काठमाडौं, १५ असोज । नेपालीहरुको महान चाड भनेर दशैँ तिहार सबैको घर आँगनमा आइसकेको छ । यो चाड मनाउनलाई घरमा सरसामानको जोहो गर्न थालिसकेको छौ । परिवार सबै सदस्य भेला भएर मनाइने यी चाडपर्वमा सबैको घरमा मिठा मिठा खानेकुरा पाक्ने गर्छन । विशेषगरी दशैंमा मासु र तिहार सेलरोटी बढी पाक्ने गर्छ । यी सबैको समानको चाजोपाजो पहिला देखिनै मिलाएर राख्ने गरिन्छ ताकी आवश्यक परेको दिन खाज्न जान नपरोस । तर हामीले हाम्र्रो स्वास्थ्यको ख्याल राख्न भने भुल्नु हुदैन । यो समयमा अस्पतालको ओपिडि सेवा लगाएत बजारका औषधि पसल समेत बन्द हुने गर्छन् । त्यसैले हामीले आवश्यक पर्ने औषधिहरु पनि घरमा राख्न भुल्नु हुदैन् ।
चाडपर्वको बेला चिल्लो पिरो खाने कुराले स्वास्थ्यमा गडबढी हुनसक्छ । साथै केटाकेटी पिङ खेल्दा लडेर चोटपटक लाग्न सक्छ । यसका साथै बृद्धबृद्धाहरुको स्वास्थ्य समस्या देखा पर्न सक्छ । यो बेला घरमा पहिलेदेखि नै बिरामी रहेका व्यक्तिमा पनि थप समस्या आउन नदिन सचेत रहनुपर्छ ।
यस्तो समयमा स्वास्थ्यसम्बन्धी समस्या देखा परे कसरी समाधान गर्ने भनी चिकित्सहरूले सुझाव दिएका छन् ।
डा. मङ्गोल रावल (अर्थोपेडिक)
विशेष गरी दशैँ–तिहारका बेला धेरै दुर्घटना हुने गरेको हामीले देख्दै र सुन्दै आएका छौं । यस्तो बेला हातखुट्टामा चोटपटक लाग्न सक्छ । गम्भीर प्रकारका चोट लागे अस्पताल वा कुनै क्लिनिक पु¥याउनुअघि प्राथमिक उपचार गर्न सकिन्छ । हातखुट्टामा कुनै चोटपटक लाग्दा सबैभन्दा पहिले आराम गर्नुपर्छ । जसले गर्दा दुखाइ कम हुनुका साथै सुन्निएको पनि कम हुन्छ । सुन्निएको भागमा बरफले सेक्नुुपर्छ । ठोक्किएको ठाउँलाई नहल्लाउने, चोट लागेको ठाउँवरिपरि सफा कपडाले हल्कासँग बाँध्ने । यसो गर्दा करिब ५० प्रतिशत दुखाइ कम हुन्छ । बाटो डिँड्दा वा घरमा कसैलाई चोटपटक लागिहालेमा तत्कालीन अवस्थाको उपचारका लागि निम्न औषधिहरु राखिरहँदा वा बोकेर हिँड्दा राम्रो हुन्छ–
पारासिटामोल,
फेक्सन,
बु्रफिन,
डिक्लोफेनिक,
बेटाजिन,
ह्यन्डप्लास,
क्रप ब्यान्डेज,
मुभ,
डिक्लोफेनिक्स सोडियम,
गज प्याड,
कटन आदि ।
डा. दीपक रावल (फिजिसियन)
चाडपर्वको बेला खानपानमा ध्यान नदिँदा ग्याष्टिकले बढी सताउने गर्छ । यस्तो बेला लामो समयदेखि औषधि सेवन गरिरहेकाहरूले पर्याप्त मात्रामा औषधि राख्ने । ग्याष्टिकले सताउने हँुदा यसको औषधि पनि घरमै राख्ने । साथै कतिखेर चोटपटक लाग्छ, भन्न सकिँदैन, त्यसका लागि बेटाजिन र ड्रेसिङका सामान घरमा राख्दा राम्रो हुन्छ । खानपानमा सबैले ध्यान दिँदा राम्रो हुुन्छ । घरमा सिटामोल, ग्याष्टिकको आौषधि, जीवनजल राखिरहँदा सहज हुन्छ । मधुमेह र मुटुरोगीले विशेष खानपानमा ध्यान दिनु जरुरी हुन्छ ।
डा. जया सत्याल (आयुर्वेदिक चिकित्सक)
चाडबाडका बेला आकस्मिक टाउको दुखे वा पेट फुल्ने समस्या भए घरेलु औषधिबाट पनि छुट्कारा पाउन सकिन्छ । टाउको विभिन्न कारणले दुख्ने गर्छ । यदि उच्च रक्तचापका कारण टाउको दुखेको हो भने तितेकरेला, मेथी खाएर यसलाई सन्तुलनमा राख्न सकिन्छ । यसै गरी चाडपर्वको बेला रातभर जाग्राम बस्नाले पनि टाउको दुख्छ । यस्तो अवस्थामा भने आराम गर्नु राम्रो हुन्छ । टाउकाको सामान्य दुखाइमा भिक्स लगाएर मालिस गर्ने । साथै तेल लगाएर मसाज पनि गर्न सकिन्छ । टाउको दुखाइमा घिउकुमारीको लेप लगाएर पनि दुखाइ कम गर्न सकिन्छ । खानामा ध्यान नदिँदा पेट फुल्ने, बान्ता हुने सम्भावना हुन्छ । यस्तो अवस्थामा शरीरले पचाउन गाह्रो हुने मासुजन्य वस्तु खाँदा हिङ, वीरेनून राख्ने । पेट फुल्ने समस्या भए तातो पानी खाएर पेटलाई घटाउन सकिन्छ । खानाका कारण पेटमा भएको गडबडी हटाउन घरेलु औषधि ज्वानो, जीरा, अदुवाको रस खाने । साथै गाउँघरतिर पाइने हर्रो, बर्रो पनि यस्तो बेला प्रयोग गर्न सकिन्छ । खानाको सन्तुलन नमिल्दा कहिलेकाहीँ बान्ता पनि आउने गर्छ । विशेष गरी दशैँमा बढी चिल्लो खानेकुरा खाँदा बान्ता भयो भने खानेकुरा कम खाने, अदुवा मुखमा राखिरहने, सुकुमेल, दालचिनी खाने गर्नुपर्छ । घर बस्दा तथा खानपानका कारण घरमा भएका बच्चा तथा बूढाबूढीहरुका साथै वयष्कको लागि आकस्मिक देखा पर्ने स्वास्थ्य समस्याको समाधानका लागि निम्न औषधि घरमा राख्न सकिन्छ । पारासिटामोल
फेक्सन,
बु्रफिन,
डिक्लोफेनिक,
बेटाजिन,
ह्यान्डप्लास,
ओआरएस ,
डिकोल,
स्यानेक्स प्रोथाजिन,
डाइजिन, थर्मोमिटर, जीवनजल, इनो