जनकपुर अञ्चल अस्पतालमा अख्तियारको छापा, विभिन्न फाइल नियन्त्रणमा

जनकपुर, १५ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुर अञ्चल अस्पतालमा छापा मारेको छ ।
बर्दिवासस्थित आयोगको कार्यालयबाट खटिएको टोलीले मंगलबार अस्पतालमा छापा मारेको हो ।
अस्पतालमा विभिन्न उपकरण खरिद, कर्मचारी भर्ना प्रक्रिया लगायतका शिर्षकमा व्यापक अनियमितता भएको उजुरी परेपछि अख्तियारले छापा मारेर विभिन्न फाइलहरु नियन्त्रणमा लिएको आयोगका प्रवक्ता हरिप्रसाद शर्माले बताए ।
उनले उजुरीको आधारमा अनुगमनका लागि अस्पतालमा टोली खटाएको र केहि फाइनलहरु नियन्त्रणमा लिएको बताए ।
अख्तियारको टोलीले मेडिकल सुपरिटेन्डेन्ट डा.नागेन्द्र यादव, डा.जामुन सिंह, डा.कुलदिप पण्डित, लेखा अधिकृत लगायतका कर्मचारीलाई ३ घन्टासम्म नियन्त्रणमा लिई सोधपुछ समेत गरेको थियो ।
Last modified on 2019-10-03 22:30:51