बन्दिपुर गाउँपालिका प्रमुखको डाईभर सहित परिवारको ७ जना डेगुंबाट प्रभावित



Download our app to get more features

तनहुँ, १५ असोज । दशैंको चटारोमा घरका महिलाहरु व्यस्त हुने समय हो । तर, बन्दिपुर गाउँपालिका अध्यक्ष पुर्णसिं थापाकी श्रीमति नन्द माया थापाको भने हस्पिटलको बास भएको छ । 

उनी आफु पनि डेगुंको समस्या बाट तंग्रि सकेकी छैनन् । डेगुंको संक्रमण कै कारण जेठो छोरा काठमाडांै अस्पतालमा उपचार पछि केहि बिसेक भएका छन् । अहिले उनी कान्छो छोरोको उपचारको लागि पोखरामा छिन् । 

गाउँपालिका प्रमुखका डाईभर सहित उनको परिवारमा डेगुं पिडित ७ जना पुगेको छ । 

बन्दिपुर गाउँपालिका,१ डुम्रे बजारका बासिन्दा डेगुंको कारण त्रासदिमा छन् । डुम्रे बजारमा रहेको मोति मेडिकलका संचालक दल बहादुर थापाका अनुसार उनको मेडिकलमा मात्र १ सय जना भन्दा बढिमा डेगुं पोजेटिभ देखिएको छ। 

संजवनी मेडिकल हलका डाक्टर शेखर कायस्थले डुम्रे बजारमा डेगुं महामारी कै रुपमा फैलिएको बताए । 

सानो डुम्रे र चिसा पानीमा टायर पसल धेरै भएकोले त्यहाँका बासिन्दाहरुमा डेगुं संक्रमण धेरै देखिएको उनले बताए । 

हाम्रोमा परिक्षणको लागि आएका सबै जसो बिरामीहरु सामान्य औषधिले ठिक भएको भए पनि १/२ जनामा अन्य संक्रमण देखिएकोले काठमाडौं र पोखरा रिफर गरिएको उनले बताए । 

‘डेगुंले स्वास्थ्यमा ठुलो समस्या नपारे पनि बेलैमा ध्यान नपु¥याए ज्यान लान पनि सक्छ’ उनले भने ।
 

Last modified on 2019-10-03 22:30:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts