नेपालमै पहिलोपटक एशियन फर्माले बनायो प्रोष्टेटका बिरामीले खाने 'सिलोडोसिन' औषधि 



Download our app to get more features

काठमाडौं, १४ असोज । प्रोष्टेटका बिरामीलाई आवश्यक पर्ने सिलोडोसिन नामक जेनेरिकको औषधि नेपालमै उत्पादन हुनथालेको छ । 

यसअघि आवश्यक्ता अनुरुप विदेशबाटै मगाएर प्रयोग गर्नुपर्ने यो औषधिलाई अग्रणी औषधि उत्पादक कम्पनी एशियन फर्मास्युटिकल्सले नेपालमै उत्पादन गरेको हो । सन् २००८ मा अमेरिकाको फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसनले अनुमोदन गरेको उक्त औषधिलाई एशियनले तीनवर्ष लामो तयारीपछि बजारमा ल्याएको जनाएको छ । कम्पनीले चिकित्सकहरुको सल्लाहमा सिलोसिन नामक ब्राण्डमा ४ एमजी र ८ एमजीको औषधि उत्पादन र बिक्रिवितरण थालेको हो । 

नेपालमा प्रोष्टेटका बिरामीको संख्या बढ्दै जाँदा आवश्यक औषधि नेपालमै उत्पादन हुनुले बिरामीहरुलाई राहत हुने कम्पनीले विश्वास व्यक्त गरेको छ । सिलिडोसिन औषधिको प्रभावकारिता बढि हुनुका साथै दुष्प्रभाव कम रहेको कम्पनीले दावी गरेको छ । यो औषधि विशेषगरी उच्च रक्तचाप तथा मुटुरोग समेत भएका प्रोष्टेटका बिरामीलाई चिकित्सकले सिफारिस गर्ने गर्दछन् । सिलोसिनसँगै कम्पनीले मुत्ररोग सम्बन्धी विभिन्न औषधि निर्माण गर्ने प्रकृया थालनी गरिसकेको कम्पनीका महाप्रबन्धक दीपेश प्रधानले हाम्रो डक्टर न्यूजलाई बताए । 

Last modified on 2019-10-01 18:18:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts