चिकित्सकले बुझाए स्वास्थ्य राज्यमन्त्रीलाई सेतोकोट

काठमाडौं, १४ असोज । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्र यादवलाई चिकित्सकहरुले सेतोकोट बुझाएका छन् । मंगलबार स्वास्थ्य मन्त्रालयमा नै पुगेर चिकित्सकहरुले सरकारले सुरक्षा दिन नसकेको भन्दै राज्यमन्त्री यादवलाई सेतोकोट बुझाएका हुन् ।
चिकित्सक माथि आक्रमणका घटनाहरु आइरहनु दुखद कुरा रहेको भन्दै यस्ता गतिविधिको सांकेतिक विरोधका गरेको चिकित्सकहरुद्धारा जारी ज्ञापन पत्रमा उल्लेख छ ।
कोट बुझाउने कार्यक्रममा डा. पुष्पमणी खरेल, डा. भुपेन्द्रकुमार बस्नेत, डा. मधुसुधन पाण्डे, डा.सुलोचना लोहनी, डा. संयोग महत, डा. आषिस खनाल, डा. सन्जिव कुमार झा, डा. कमल अर्याल र डा. तोसिमा कार्की रहेका थिए ।उनीहरुले सेतोकोटका साथै सुरक्षा माग सहितको ज्ञापन पत्र पनि बुझाएका छन् ।
Last modified on 2019-10-02 09:28:50