प्रदेश ५ मै पहिलो ट्रमा अस्पताल ‘तिनाउ ईन्टरनेशनल हस्पिटल’



Download our app to get more features

रुपन्देही, १४ असोज । प्रदेश पाँचको अस्थायी राजधानी बुटवलमा प्रदेशकै पहिलो ट्रमा अस्पतालको रुपमा तिनाउ इन्टरनेशनल हस्पिटल प्रा.लि.ले सेवा शुरु गरेको छ ।

बुटवल सुख्खानगरमा आफ्नै भवनमा अस्पतालले सोमबारदेखि प्रारम्भिक सेवा शुरु गरेको हो । अस्पतालको यहि असोजको अन्तिम साता औपचारिक उद्घाटन गर्ने तयारी गरिएको अस्पतालका अध्यक्ष करुण खनालले बताए । 

यस क्षेत्रका बिभिन्न पेशा व्यबसायमा रहेका युवाहरुको १६ करोड लगानीमा अस्पताल सेवा सुरु गरिएको जानकारी गराए । यस क्षेत्रमा न्यूरो र ट्रमाको स्तरीय सेवा नभएकाले र यहाँका जनताको आधारभूत आवश्यकता पूरा गर्नकालागि न्यूरो र ट्रमालाई लक्षित गरेर बिशेषज्ञ सेवा सुरु गरिएको हो । 

‘बुटवल तथा आसपासका जनता सामान्य उपचारकालागि पनि काठमाण्डौ या बिदेश जानुपर्ने बाध्यता रहेको र घरआँगानमै सेवा दिन सकियो भने छिटो छरितो स्वास्थ्य सेवा र बाहिर लैजाँदा हुने फजुल खर्च समेत रोक्न सकिने भएकाले यहीका जनताको सेवाकालागि अस्पताल सञ्चालन गरिएको हो ।’ अध्यक्ष खनालले भने । 

विशेषज्ञ सेवा प्रदान गर्नेगरी सञ्चालनको तयारी गरिएको उक्त अस्पतालमा हाडजोर्नी तथा ट्रमा, नसा तथा स्पाईनल सर्जरी, न्यूरो सर्जरी, स्त्री रोग तथा प्रसुती, जनरल तथा न्यूरो सर्जरी, नाक कान घाँटी, म्याक्सीयोफेसीयल सर्जरी, वाल रोग तथा फिजियोथेरापी सेवा प्रदान गरिने बताए । 

त्यस्तै अस्पतालले इमर्जेन्सी सेवा, आईसीयु, प्रसुती, फार्मेसी, एम्बुलेन्स लगायतका सेवा २४ सै घण्टा प्रदान गर्ने जनाएको छ । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts