प्राध्यापक डाक्टर जोशीमाथि भएको दुव्र्यवहारप्रति चिकित्सक संगठनहरुको संयुक्त प्रेस विज्ञप्ति
दोषीमाथि कारबाहीको माग

काठमाडौं, १३ असोज । प्रा.डा. भोलाराज जोशीबाट उपचारको क्रममा हुन गएको दुर्घटनाको बिषयलाई लिएर उनलाई दुव्र्यवहार र मान मर्दन गरीएकोप्रति विभिन्न चिकित्सकहरुको संगठनले भत्र्सना गरेको छ ।
नेपालको चिकित्सा शिक्षामा ठूलो योगदान पु¥याएका डा. जोशीमाथी अस्वाभाविक र अतिरञ्जित तरिकाबाट दुव्र्यवहार गरिएको भन्दै नेपाल चिकित्सक संघ, सरकारी चिकित्सक संघ, नेपाल दन्त चिकित्सक संघ, युवा चिकित्सक संघ लगायतले विज्ञप्ति जारी गर्दै घटनाप्रति भत्र्सना गरेको हो ।
संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा मुलुकी ऐनको ईलाज सम्बन्धी महलमा नेपाल मेडिकल काउन्सिलको संयोजकत्वमा गठित समितिले छानविन गरे पश्चात लापरवाही वा त्रुटि भनेर प्रारम्भिक प्रतिवेदन दिएपछि मात्रै चिकित्सकीय लापरवाही वा त्रुटि मानेर कानूनी प्रक्रिया अगाडि बढाउने व्यवस्था रहेको भएपनि मृतकका आफन्तले डा.जोशीलाई गरेको व्यवहार खेद पूर्ण रहेको जनाइएको छ । .
मुलुकी अफराध संहितामा स्वास्थ्य संस्थामा हुलहुज्जत, तोडफोड, हातापाई गर्ने व्यक्तिहरुलाई गिरफतार गरि विना धरौटी (जेल विथ आउट वेल) कारवाही गर्ने व्यवस्था पनि पारित भइसकेको अवस्थामा त्यसको वेवास्ता गर्नुले कानून पालना हुनेमा विश्वासको आधार गुमेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
भिडको दवावमा आई प्रहरी प्रशासनले नै चिकित्सक र अस्पताललाई आपसमा कुरा मिलाउनुस भनि प्रहरी कै रोहोवरमा र्आिर्थक चलखेल हुने गरेको र कानूनी राज्यको आधारभूत अभ्यासको पहिलो खुड्किलोलाई प्रहरी प्रशासनद्वारा सम्मान गरिनु पर्नेमा उल्टै भिड सँग लागेर कानुनी अभ्यासको उपहास हुने गरेकोप्रति पनि संघहरुले सरकारको ध्यानाकर्षण गराएको छ ।
लोकतन्त्रको नाममा अराजक भिडतन्त्रलाई नियन्त्रण गरियोस् र तोडफोड हुल–हुज्जत गर्नेहरुलाई आवश्यक कारवाही गर्न, अस्पतालहरुमा हुने दर्घटना तथा त्रुटिहरु लापरवाही हुन वा होईनन् भनी निष्पक्ष छानविन गर्न माग गरिएको छ ।
यस्तै, नेपाल चिकित्सक संघको विज्ञप्तिमा यस्तो प्रकारको घटनाले कुनै पनि चिकित्सकले भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्न नसक्ने तथा सबैभन्दा पहिले चिकित्सक आफै रक्षात्मक उपायहरु अवलम्बन गरी बिरामी हेर्नु पर्ने अवस्था सिर्जना भएको खण्डमा समग्र स्वास्थ्य सेवा प्रवाहमा गम्भिर असर पुग्ने तर्फ सचेत रहन सरोकारवाला, नेपाल सरकार तथा सम्बन्धित क्षेत्रका सुरक्षा निकाय समक्ष अपिल गरिएको छ ।
साथै उक्त घटनाको सत्यतथ्य छानबिन गरी चिकित्सकको प्रतिष्ठामा आँच आउने तथा जनतामा भ्रम सिर्जना गर्ने काम अभिलब्ब रोक्न र दोषीलाई कानूनी दायरामा ल्याउन सरकारसँग माग समेत गरिएको छ ।