वीरगञ्जः रगत अभावका कारण हुने बिरामीको संख्या बढ्यो



Download our app to get more features

पर्सा, १३ असोज । रगत अभावका कारण बिरामी हुनेको संख्या नारायणी अस्पतालमा बढ्दै गएको छ ।

गर्मीले गर्दा भाइरल ज्वरो, डेंगुको प्रकोप, रक्तअल्पत्ता जस्ता रोग लागेर अस्पताल आउने  बिरामीको चाप बढ्दै गएको अस्पतालले जनाएको छ । मौसम परिवर्तनसँगै पिउने पानीका स्रोत दूषित हुँदा रुघाखोकी, भाइरल ज्वरो र रगत अभावका कारण बिरामी हुनेको संख्या बढेको हो । 

केही दिनयता वर्षाले गर्दा मौसम परिवर्तनसँगै पर्सा, बारा जिल्लाका अस्पताल लगायतका अन्य स्वास्थ्य संस्थामा ज्वरो, रुघाखोकी, सर्पदंशका र डेंगुको प्रकोपका बिरामीको चाप ह्वात्तै बढेको छ ।

वीरगञ्जमा रहेको नारायणी अस्पतालमा उपचारका लागि आउने बिरामी मध्ये ज्वरो, ऐनेमिया, सुत्केरी र गर्भवती महिला रहेका छन् । रगत चढाउन दैनिक १० जनाको हाराहरीमा बालबालिका तथा वृद्धवृद्धा अस्पतालमा आउने गरेका छन् । जसमध्ये बढि बिरामी भारतबाट आउने गरेको नारायणी अस्पतालका डाक्टर हरी गुप्ताले बताए ।

साउन, भदौको अन्तिम सातासम्ममा अस्पतालमा उपचार गराउन आउन बिरामीलाई आवश्यक पर्ने रगतको माग अचाक्ली बढेको थियो । तर, अहिले केहिदिन देखि रगतको माग दुई महीनाको अनुपातमा कम भएको छ । भदौमा १५१८ पिन्ट रगत माग भएको र त्यसमा १३१३ पिन्ट खपत देखिएकोमा यो अहिलेसम्मको सबैभन्दा बढी माग भएको जनाइएको छ ।

यसैगरी साउनमा १२५० पिन्ट रगत माग भएको थियो । रक्त सञ्चार केन्द्र वीरगंञ्जको तथ्याङ्क अनुसार बढीमा मासिक ९ सय पिन्टसम्म रगत माग भएको छ । विषेशगरी डेंग् रोगीका लागि प्लेटिरिज रिच प्लाज्मा (पिआरपी) को माग बढी हुने र यो रगत दिनमा १० पिन्टसम्म वितरण गरिएको छ । अहिले पिआरपीको माग कम हुँदै गएको बताउछँन् रक्त सञ्चार केन्द्र वीरगंञ्जका प्रमुख सौरभराज पाण्डेको भनाइ छ ।

शरीरमा रगत उत्पादन नहुने रोगले खासगरी गरिब तथा विपन्न परिवारका रहेका छन । विशेषगरी दुर्घटना, ब्लड क्सान्सर, डेंगु, रक्तअल्पता, प्रशुती तथा शल्यकृया गर्नुपर्ने अवस्थाका बिरामीलाई  रगतको आवश्यकता पर्ने गर्छ । अहिले रक्त सञ्चार केन्द्र वीरगंञ्जमा सात सय पिन्टको हाराहारीमा रगत सञ्चित रहेको छ । नेगेटिभ समूहबाहेक पोजिटिभ समूहको ओ, ए, बी र एबी समूहको रगत केन्द्रमा छ । तर कुनैपनि बिरामीलाई रगतको आवश्यकता पर्दा मात्र होइन रक्तसंचार केन्द्रमा गई नियमित रक्तदान गर्ने रक्तदाताहरुको संख्या हरेक दिन बढ्दै गएको छ ।  
 

Last modified on 2019-10-01 06:25:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts