डडेल्धुरामा मुटु सम्बन्धी रोगका बिरामी बढ्दै



Download our app to get more features

डडेल्धुरा, १३ असोज । डडेल्धुरामा वर्षेनि मुटु सम्बन्धी रोगका बिरामी बढ्दै गएको एक तथ्याङ्कंले देखाएको छ । जिवनशैलीमा आएको परिवर्तनले मुटुरोगका बिरामी बढ्दै गएको स्वास्थ्य कार्यालय डडेल्धुराको तथ्याङ्कले देखाएको छ ।

कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष ०७४/७५ मा ४ हजार ४ सय उनानब्ब जनामा मुटुरोग देखिएको छ  । भने आर्थिक वर्ष ०७५/७६ मा ४ हजार ३ सय ७१ र यस अर्थिक वर्षको हालसम्म ६ सय २० जनामा मुटुसम्बन्धी रोग देखा परेको स्वास्थ्य कार्यालय डडेल्धुराका भेक्टर कन्ट्रोल सुपरभाइजर हरिप्रसाद भट्टले बताएका छन । गत आर्थिक वर्षको तुलनामा यो वर्ष तथ्याङ्कले केहि कमी आएपनि वर्षेनी बिरामी बढ्दै गएको उनले बताए ।

भट्टले भने ‘मुटु सम्बन्धि रोग खासगरी आधुनिक जीवनशैली, खानपान, अल्छीपनाले गर्दा हुन्छ, वंशाणुगत समस्याले गर्दा पनि यो रोगबाट धेरै पिडित रहेका छन ।’ ‘नियमित रुपमा स्वास्थ्य जाँच ग¥यो भने मुटु रोगका लक्षण समयमै थाहा पाउन सकीन्छ’ उनले थपे  । 

पहिले विकसित राष्ट्रमा मात्र यो रोग देखापर्ने भएकोमा अहिले अविकसित देशमा पनि मुटुरोगका बिरामी देखिन थालेको भेक्टर कन्ट्रोल सुपरभाइजर हरिप्रसाद भट्टले बताए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts