१ करोड ९५ लाखको लगानीमा लुम्बिनी स्कीन एण्ड लेजर सेन्टर सञ्चालनमा



Download our app to get more features

रुपन्देही, १३ असोज । बुटवलमा छाला तथा यौन, कुष्टरोग र सौन्दर्यसँग सम्बन्धित रोगहरुको उपचारका लागि झन्डै दुई करोड लगानीमा अस्पताल सञ्चालनमा आएको छ ।

एक करोड ९५ लाख ८० हजारको लगानीमा बुटवलमा लुम्बिनी स्कीन एण्ड लेजर सेन्टर संचालनमा आएको हो । ६ जना विषेशज्ञ सहितको अस्पतालमा छाला तथा यौन रोग, कुष्टरोग, नङ, कपाल आदिहरुमा देखिने रोगहरुको उपचार हुनेछ । 

त्यस्तै, सेन्टरमा लेजर प्रविधिद्वारा अनुहारको चाया, पोतो, चाउरीपना, शरीरको अनाबश्यक रौ, स्ट्रेच मार्क, पेटका सेता धर्सा, टाटु हटाउने योनी कसिलो बनाउने र सेतो दुबीको उपचारसमेत हुने अस्पतालका अध्यक्ष यम बहादुर थापा मगरले बताए । 
लुम्बिनी स्कीन एण्ड लेजर सेन्टरको आइतबारबाट बुटवलमा औपचारिक रुपमा सेवा प्रारम्भ समेत गरिएको छ । लेजर सेन्टरको सुभारम्भ गर्दै प्रदेश ५ का समाजिक विकास मन्त्री सुर्दशन बरालले निजी क्षेत्रसँग सहकार्य गरेरै स्वास्थ्य सेवाको पहुँच बृद्धि गर्ने बताए । 

उनले सौदर्य स्वास्थ्य पछिल्लो समयमा निकै महत्वपूर्ण बन्दै गएको चर्चा गर्दै छालाका रोग निवारणका लागि स्पेशल अस्पतालको अवस्यकता रहेको बताए ।
प्रदेश ५ का सांसद भोज प्रसाद श्रेष्ठले समयको माग अनुसार स्वास्थ्य क्षेत्र पनि केन्द्रिकृत हुनुपर्नेमा जोड दिए । उनले एउटा विधाको उपचारलाई प्रभावकारी रुपमा अघि बढाउनु पर्ने आवश्यकता समेत औँलाए । 

छाला तथा यौन रोगहरुले प्रभाब पार्ने शारीरिक, मानसिक र सामाजिक समस्याको निराकरण गर्ने गरी अस्पताल संचालनमा ल्याइएको सेन्टरका अध्यक्ष थापामगरले बताए । 

‘यस प्रदेशमा बिशेष गरी रुपन्देही, नवलपरासी र कपिलवस्तुमा देखिएका कुष्टरोगहरु न्यूनीकरण गर्नको लागि समय–समयमा निः शुल्क स्वास्थ्य शिविर राख्दै कुष्टरोगीहरुको पहिचान गरी समयमानै औषधि खुवाउने व्यवस्था मिलाई अपाङ्ग हुनबाट जोगाउने हाम्रो लक्ष्य छ, उनले भने‘यस सेन्टरलाई छाला सम्बन्धि उपचारको लागि रेफरल सेन्टरको रुपमा पनि विकास गर्ने छौं ।

नयाँ प्रबिधि सेवाहरुको बारेमा ब्युटिसियन, पारामेडिक्स, नर्स, मेडिकल अफिसरहरुलाई तालिम दिने व्यवस्था मिलाई ट्रेनिङ्ग सेन्टरको रुपमा विकास गर्दै जाने लक्ष्य समेत रहेको अस्पतालका डा. विक्रम ज्ञवालीले बताए ।

स्कीन सेन्टरमा छाला तथा यौन रोग, कुष्टरोग बिशेषज्ञ, कस्मेटोलोजी बिशेषज्ञस, लेजर सल्य चिकित्सक बिशेषज्ञस, प्लास्टिक सर्जरी बिशेषज्ञस, जनरल सर्जरी विशेषज्ञसले सेवा दिने अध्यक्ष थापामगरले जनाकारी दिए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts