लुम्बिनी प्रादेशिक अस्पतालको डाइग्नोष्टिक भबनको शिलान्याश, तत्कालै डायालासिस सेवा सुरु गरिने

रुपन्देही, १२ असोज । लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा नयाँ डाइग्नोष्टिक भबनको शिलान्याश गरिएको छ । प्रदेश नं ५का सामाजीक बिकास मन्त्री शुदर्शन बरालले भवनको शिलान्याश गरेका हुन् ।
१सय ९ बर्ष पुरानो लुम्बिनी प्रादेशीक अस्पतालमा भबन अभाबको कारण बिरामीलाई सेवा लिन समस्या भएको थियो। साधुरो र पुरानो अस्पतालको पुरानो भबन जीर्ण बन्दै गएपछि नयाँ भबन बनाउन सुरु गरिएको र भवन बनेपछि जनताले स्तरिय सेवा पाउने विश्वास लिएको अस्पतालका सुपरिटेण्डेन डा. कृष्ण खनालले बताए ।
नयाँ डाइग्नोष्टिक भबन भ्याट बाहेक १८ करोडको रहेपनि टेन्डर प्रकृयाबाट १७ करोड ७८ लाख ७८ हजारको लागतमा डाफे निमार्ण सेवा प्रालीले बनाउने जिम्मा पाएको हो । भवन ५ तला सम्म बनाउन सकिने छ । तर अहिले अन्डर ग्राउन्ड सहित२ तले भबन २ बर्ष भित्र बन्ने सम्झौतामा उल्लेख छ ।
प्रदेश नं. ५ सरकारले प्रदेशको गौरवको आयोजनामा राखेको अस्पतालको स्तर बृद्धि गर्दै जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा दिने रणनिति छ । त्यहि अनुरुप नयाँ भवन निर्माण भइरहेको सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए । उनले अस्पतालबाट छिट्टै डायलासिस सेवा समेत सुरु हुन लागेको बताए ।
उनले प्रदेश गौरवको आयोजनामा राखेको अस्पतालमा भौतिक पुर्वधार र अन्य काम गर्नका लागी प्रदेश अयोगका उपाध्यक्षको नेतृत्वमा एक अध्ययन समिति बनेको बताए । उनले संघिय सरकारको समेत लगानी भएको डाइग्नोष्टिक भवनको काम छिटो हुने पनि जानकारी दिए ।